सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङमा समावेशी कोटामा बाबुकृष्ण सापकोटाको जित

काठमाडौं । नेपाली कांग्रेसको धादिङको निर्वाचनबाट समावेशी कोटामा अत्याधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बाबुकृष्ण सापकोटा विजयी भएका छन् ।

गएराती सम्पन्न मतपरिणाममा सापकोटाले आफ्ना प्रतिष्पर्धी हर्कमान तामाङलाई १ सय १२ मतले पराजित गरे ।

सापकोटाले १ हजार ६६ मत ल्याए भने तामाङले ९ सय ५४ मत पाए । सापकोटा जिल्लाका निवर्तमान कोषाध्यक्ष पनि हुन् ।

सापकोटा राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहेका छन् ।

उनले आफूले नयाँ जिम्मेवारी पाएको र आगामी दिनमा पार्टीको लागि थप सक्रिय भएर लागिरहने बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »