सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा हाइजेनिक र गुणस्तरीय मासु पाइने डेली चिकेन नामक पहिलो आउटलेटको शुभारम्भ

नेपालगञ्ज, नेपालकै पहिलो वातानुकुलित स्वच्छ र गुणस्तरीय तरिकाले मानव स्वास्थ्यका लागि कुनै पनि किसिमले प्रतिकुल प्रभाव नहुनेगरि रजा ग्रुपद्धारा उत्पादन गरिएका कुखुराको मासुको पहिलो आउटलेट को नेपालगञ्जमा शुभारम्भ गरिएको छ ।


शाहरुख इन्टर प्राइजेजले नेपालगञ्ज बसपार्क, बाईपास रोड वडा नम्बर ४ मा ‘डेली चिकेन’ को नामले सो पहिलो आउटलेटको शुभारम्भ गरेको हो । उक्त आउटलेटमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट हाइजेनिक वातावरणमा उत्पादन गरिएका कुखुराको मासु विक्रि वितरण गर्न शुरु गरिएको शाहरुख इन्टर प्राइजेजका सञ्चालक माेहमद शाहरूराईले बताउनुभयो ।

No description available.


उक्त आउटलेटको शुभारम्भमा पुग्नु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद तथा पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज र सो वरिपरि कुखुराको मासुको माग उच्च रहेकोले मानव स्वास्थ्यलाई ध्यानमा राखेर वातानुकुलित स्वच्छ र गुणस्तरीय तरिकाले रजा ग्रुपले कुखुरा उत्पादन गरेकोले यस क्षेत्रका वासिन्दाको आवश्यकता पुरा हुने बताउनुभयो ।

No description available.
No description available.
No description available.


उहाँले देशमै पहिलो पटक यस्तो प्रविधिबाट कुखुरापालन गरिएकोमा रजा ग्रुपलाई धन्यवाद दिंदै सो ग्रुपद्धारा उत्पादन गरिएका कुखुराको मासु स्वास्थ्यका लागि समेत अतिनै राम्रो रहेको बताउनुभयो ।

No description available.
No description available.


नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ तेलनपुर्वामा रजा ग्रुप प्रालिले १३ करोड बढी लगानी लगाएर वातानुकुलित अत्याधुनिक खोरहरु निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरेको छ । रजा ग्रुप प्रालिका सञ्चालक मुख्तार राईका अनुसार ७५ हजार कुखुरा एकै लटमा पाल्न सक्नेगरी पाँच वटा अत्याधुनिक र वातानुकुलित खोरको निर्माण गरेर कुखुरापालन शुरु गरिएको हो ।
रजा ग्रुपले कुखुरा उत्पादन शुरु गरेपछि बाँकेमा मासुको अभाव समेत समाप्त भएको र अभाव देखाएर मुल्य बढाउने काम पनि बन्द भएको पाईएको उपभोक्ताको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »