सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिंसा प्रभावित महिला र किशोरीका लागि दुईमहिने सिप विकास तालिम

नेपालगन्ज, प्लान नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तरगत सुचीकार प्रथम तहको दुई महिने तालिम नेपालगञ्जमा शुरु भएको छ ।

मानव बेचबिखन, लैंगिक हिंसा र अन्य कारणले प्रभाबित भएका पिडित महिला तथा किशोरीहरुका लागि सिप बिकास अन्तरगत सो दुई महिने तालिमको सञ्चालन गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

पिडित महिला तथा किशोरीहरुलाई आत्मनिर्भर बनाई उनीहरुको सम्मानित जीवनयापनमा सहयोग पुरयाउने उदेश्यले सो तालिम संचालन गरिएको जनाउँदै उहाँले तालिमबाट ती महिला र किशोरी आत्मनिर्भर बन्ने बताउनुभयो । सो तालिममा बाँके जिल्लाको बैजनाथ, खजुरा, नेपालगन्ज र कोहलपुर गरी ४ वटा पालिकाबाट महिला र किशोरीको सहभागिता रहेको छ ।

No description available.

नेपालगन्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाहको प्रमुख आतिथ्यतामा विहिबार सम्पन्न भएको तालिमको उदघाटन कार्यक्रममा अतिथीको रुपमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय ब्यबस्थापक मिना पराजुली, सन्तोष पुलामी, बडीमालिका बहुउदेस्यीय कन्सल्टेन्सी प्रा.लि.का प्रमुख चन्द्र साउदलगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा बोल्ने अतिथिहरुले यस्ता सिप विकास तालिमले महिला र किशोरीलाई आर्थिक रुपमा स्वरोजगार बनाउन सहयोग गर्ने हुँदा अतिनै महत्वपुर्ण रहेको कुरामा जोड दिएका थिए ।

No description available.

कार्यक्रममा स्वागत मन्तब्य र कार्यक्रमको उध्येश्यको बारेमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रम संचालन बाँके युनेस्को क्लबका फिल्ड सुपरभाईजर शंकर सिंह थारुले गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »