सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई युनेस्कोद्धारा राहात वितरण

नेपालगञ्ज, कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका ८६५ पिडित परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न राहात वितरण गरेको छ ।


स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका १ र गेरुवा गाउँपालिकाको २ र ३ नम्बर वडाका ८६५ अतिप्रभावित परिवारलाई करिब ४५ लाख रुपियाँको राहात वितरण गरिएको हो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीका अनुसार राजापुर १ का ५७२ प्रभावित परिवार र गेरुवा २ र ३ का २९३ परिवारलाई विभिन्न राहात वितरण गरिएको बताउनुभयो ।
क्लबले वितरण गरेको राहातमा हाइजिन किट, डिगनिटि किट, खाद्यान्न, पोषण सहयोग, कृषि विउ वितरण, शौचालय मर्मत सम्भार र खानेपानीका धाराहरुको मर्मत गरिएको संरक्षक सिद्दिकीले बताउनुभयो ।


सो राहात सहयोग पाएपछि त्यसबाट पिडित परिवारलाई निकै राहात मिलेको प्रभावित वडाका जनप्रतिनिधिले बताएका छन् ।
गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहात वितरणबाट अतिनै पिडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताउनुभयो ।
पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पिडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो ।
यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पिडित भएकालाई तत्काल राहात दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पिडितलाई धेरै सहज भएको बताउनुभयो ।


उहाँले तत्काल मिलेको यो सहयोगले जनजिवनलाई लयमा फर्काउन ठुलो मद्दत गरेको वडा अध्यक्ष थारुले बताउनुभयो ।
राहात पाएपछि धेरै आफुहरुलाई धेरै सहज भएको पिडितहरुले पनि बताएका छन् । गेरुवा ३ संकटी सुकुम्वासी बस्तीका हिरा थारुले क्लबले दिएको सहयोगबाट आफुहरुलाई निकै राहात मिलेको बताउनुभयो । उहाँले सो सहयोग नपाएको भए जनजिवन सामान्य बनाउन निकै समस्या पर्ने पनि बताउनुभयो ।
यस्तै सोही बस्तीका अर्का पिडित जमुना थारुले क्लबले दिएको खाद्यान्न र पोषणयुक्त खानेकुराले बालबालिकालाई खुवाउन धेरै सहयोग मिलेको बताउनुभयो । सो बस्तीमा अधिकांशका घरहरु पुर्ण रुपमा डुबेकोले क्लबले शौचालय र धाराको समेत मर्मत गराएर राम्रो काम गरेको स्थानीय पिडितहरुको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »