सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भुमण्डलिकृत बित्तिय एकाधिकारलाई तोडेर समाजवादको यात्रा तय गर्नु आजको आवस्यकता :पुष्प कमल दाहाल(प्रचण्ड)

काठमाडौं । नेकपा माओवादी केन्द्र ले आज सात वटा प्रदेश एउटा बिशेष प्रदेश र एउटा सम्पर्क समन्वय समिति प्रदेश गरी नौ वटा प्रदेशको सम्मेलनको उद्याटन सम्पन्न गरेको छ ।
नौ वटै प्रदेशका प्रमुखहरुको अध्यक्षतामा सन्चालित कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) र बिशेष अतिथि नारायण काजि श्रेष्ठ (प्रकाश) ले भर्चुअल माध्यम बाट सम्बोधन गरेका थिए ।
प्रदेश नं १ बाट शुरेश राई , २ बाट प्रलाद बुढाथोकी , बागमती प्रदेश बाट नारायण दाहाल , गण्डकी बाट हरी हधिकारी , लुम्बिनी बाट जग प्रसाद शर्मा , कर्णली बाट राजकुमार शर्मा , सुदुर पश्चिम बाट शरदसिं भण्डारी , उपत्यका बिषेश प्रदेशबाट लेखनाथ न्यौपाने र सम्पर्क समन्वय समिति बाट सत्य पहाडीले आ–आफ्नो क्षेत्रको बारेमा रिपोर्टीङ गरेका थिए ।
रीपोर्टीङ पछि मनतब्य राख्दै नेता नारायण काजि श्रेष्ठले पार्टी भित्र फुट ल्याउन बाहिर धेरै हल्ला आउने भएकोले यसलाई बिस्वास नगर्न कार्यकर्ता पंतिलाई आग्रह गरेका थिए ।
सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकोले यसलाई बिगार्न दलााल र पुँजिपति वर्ग सदैव लागिरहने भएकोले हामि क्रान्तिकारीहरुले बुझेर मात्र बोल्न र ब्यबहार गर्नुपर्ने नेता श्रेष्ठले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले ०३६ सालको जनमत संग्रह , ०४६ सालको जनआन्दोलन , माओवादीले शुरुगरेको ०५२ देखी ०६२/०६३ को जनयुद्ध , ०६२/०६३ जनआन्दोलन , मदेश आन्दोलन लगायत आन्दोलनको जगमा जन्मेको वर्तमान राजनैतिक परिस्थिति माथि देशि बिदेशी तत्वहरुले खेलि रहेकोले हामि परिवर्तनका पक्षधरहरु एक भएर यसको सामना गदै यसका बिरुद्ध लाग्नु आजको आवश्यकता भएको बताए ।
वर्तमान अवस्थामा उत्पादनमा लगानी हुनुपर्ने पुँजिलाई समेत देखावटी पुँजिकोरुपमा मात्र लगानी गरेर दलाल पुँजिको बिकास गर्दै श्रम सोशण मार्फत सर्वहारा वर्गलाई कहिल्यै माथि उठ्न नदिने निति पुँजिवादी हरुले लिएको देख्न सकिन्छ भन्दै भुमण्डलिकृत वित्तिय एकाधिकार पुँजिवाद को जालोलाई तोडेर सामाजवादको यात्रा तय गर्नु आजको आवश्यकता रहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।
प्राकृतिक स्रोत साधनमाथि को अधिकार र स्थानिय स्तरमा हुने बिकासको बजेटमा स्थानिय स्तर बाटै संयुक्त मोर्चा निमार्ण गरी सरकारको बजेटमाथि समेत आफ्नो हस्तक्षप बढाउन सके अब माओवादी लाई १ नंबरको पार्टी बनाउन कसैलेपनि रोक्न नसक्ने बताएका छन् ।
आज भब्यताको साथ उद्याटन कार्यक्रम सम्पन्न गरेको प्रदेश स्तरीय सम्मेलनले भोलि सबै प्रदेशमा नयाँ कार्य समिति चयन गर्नेछ ।
यसकालागि आजैबाट सबैतिर सहमतिको प्रयास भई रहेको छ । सहमति हुन नसके निर्वाचनको माध्यम द्वारा नयाँ कार्यसमिति चयन प्रक्रियामा जानुपर्ने सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्व समितिका पुर्व अध्यक्ष तथा प्रदेश सचिवालय सदस्य ठुलोबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »