सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा भोलिदेखि नगर स्तरिय तेक्वान्दो प्रतियोगिता शुरु हुदैँ

नेपालगञ्ज, नेपाल आई.टि.एफ तेक्वान्दो संघ बाँकेले आयोजना गरेको नगर स्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि सुरुवात हुने भएको छ ।

बिहिबार संघले प्रेस सम्मेलनमा पौष २ र ३ गते हुने भनिएको नगर नेपालगञ्ज स्तरीय प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

यस अघि मंसिर २४ र २५ गतेका लागि तय गरिएको प्रतियोगित समय अभावका कारण पौष २ र ३ गतेका लागि तय गरिएको थियो । प्राविधिक समस्याका कारण पुर्वानिर्धारित योजनामा परिवर्तन गरिएको संयोजक रंजित गिरिले बताएका थिए ।

प्रतियोगिता नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकिय अधिकृत गुरुदत्त सुबेदीले उद्धघाटन गर्ने कार्यक्रम तय भएको जनाईएको छ ।

आयोजक अनुसार प्रतियोगितमा नगरका २३ वटै वडा सहभागी हुन र जिल्लाभरका २ सय ५० जना खेलाडीहरुले बीच प्रतिस्पर्धा हुनेछ ।

No description available.

नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता जिल्लामा खेल क्षेत्रको विकास सँगै खेलाडीहरुको क्षमता विकास हुने उद्देश्य रहेको छ । प्रतियोगितामा १५ के.जी. तौल देखि ७० केजी तौल भएका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजक समितीले जनाएको छ ।

प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र दिइने आयोजक पक्षले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »