सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल मगर संघ केन्द्रीय महिला बिभागको कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल मगर संघ केन्द्रीय महिला बिभागको “मगर महिलाको सवाल तथा क्षमता अभिबृद्धि राष्ट्रिय कार्यशाला गोष्ठी” यहि पौष २ र ३ गते काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु मगरले गर्नु भएको थियो भने अतिथिहरु नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नवीन रोका मगर ,नेपाल मगर संघ बरिस्ठ सल्लाहकार बम कुमारी बुढा मगर,नेपाल मगर संघ चलचित्र निर्माण संघका अध्यक्ष संजोग लाफा मगर,अधिबक्ता ईन्दिरा श्रीष मगर नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगर,लगाएत बिशिस्ट ब्यक्तित्व हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थि हरु ७ वटैं प्रदेशको लिडरसिपहरुको प्रतिनिध्त्वि रहेको थियोे ।
प्रतेक प्रदेश बाट २÷२ जनाको उपस्थित रहेको प्रशिक्षण कार्यक्रममा मगर समुदायको मौंलिक परम्परागत खानपिन सम्बन्धि जानकारी र संरक्षण बारेमा प्रशिक्षक सल्लाहकार बम कुमारी बुढा मगर,आदिवासी मगर को प्रथाजनित अभ्यास र संरक्षण मा महिलाको भुमिका बारेमा,प्रशिक्षक नेपाल मगर संघ सल्लाहकार अधिबक्ता इन्दिरा श्रीष मगर ,आदिवासी महिलाहरुको पहिचानको मुद्दा सम्बोधनमा अन्तर्राष्ट्रिय अनुभव बारेमा प्रशिक्षक सुशीला थापा मगर, (AIPP प्रतिनिधि ),मगर महिलाको मुद्दा र सवालमा बिगतदेखि वर्तमान सम्मको अबस्था र भावी कार्यदिशा बारेमा प्रशिक्षक नेपाल मगर संघ उपाध्यक्ष गंगा खासु मगर ले आ–आफ्नो प्रस्तुति गर्नु भएको थियो ।

मगर महिलाहरुको क्षमता अभिबृद्धि र बिकासका सवालमा कार्यक्रम अत्यन्तै प्रभावकारी भएको कार्यक्रममा सहभागि मगर महिला संघ कर्णाली प्रदेश सचिव कुमारी बाँठा मगर ( मनु ) ले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »