सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मम्स इन्टरनेशनल नेपालको आयोजनामा हुनलागेको सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०२२’को पहिलो अडिसन सम्पन्न

काठमाडौं । तामाङ कला संस्कृति भेषभुषा भाषा संस्कृतिलाई संरक्षण प्रवद्धर्न गर्ने उदेश्यका साथ सञ्चालित मम्स इन्टरनेशनल नेपालको आयोजनामा हुनलागेको सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०२२’को पहिलो अडिसन सम्पन्न भएको छ ।
आज काठमाडौं दरवारमार्ग स्थित लिक्वर लाउञ्जमा भएको पहिलो अडिसनमा २७ जना तामाङ युवतीहरुले भाग लिएका थिए ।
अडिसनको निर्णयकको भुमिकामा मिस तामाङ २०१२ सुमि मोक्तान, मिस तामाङ २०२१ सफलता थिङ र मिस तामाङ २०१७ का फस्ट रनर अप नावाङ मोक्तान रहेका थिए ।
आजको अडिसनमा भागलिनेहरुमा धादिङबाट दावा डोल्मा तामाङ, रुपा तामाङ ,दोलखाबाट मनिका लामा, सनिता तामाङ,सबिना गोले ,प्रकृती पाख्रिन काभ्रेपलान्चोकबाट सञ्जु दोङ तामाङ, सिमरन तामाङ, , दिजी तामाङ लामा, संगीता स्याङतान, पूजा तामाङ, प्रज्ञा तामाङ ,नुवाकोटबाट वर्षा मम्बा तामाङ, सुशिला तामाङ, मकवानपुरबाट अञ्जना रुम्बा,,प्रश्ना तामाङ सिन्धुपाल्चोकबाट अञ्जली तामाङ,पूजा तामाङ काठमाडौं बाट विना तामाङ, ,रोजी तामाङ ,अञ्जली बम्जन ,रञ्जना तामाङ, सोलुखुम्बुबाट निम्फुटी तामाङ सर्लाहीबाट होइशल तामाङ, रामेछापबाट शान्ता लामा योञ्जन, ओखलढुंगाबाट श्रीजना तामाङ धरानबाट उपासना तामाङ रहेका छन् ।
यो कार्यक्रमको मुख्य उदेश्य तामाङ चेलीहरुको प्रतिभा उजागर गर्ने रहेको मम्स ईन्टरनेशनल नेपालको सिईओ रन्जिता ब्लोनले बताएकी छिन् ।
मम्स ईन्टरनेशनल नेपालको सिईओ रन्जिता ब्लोन का अनुसार २००६ बाट शुरु भएको मिस तामाङको यस वर्ष हुनगईरहेको १४ औं संस्करण माघ २२ गते काठमाडौं प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने छ ।
सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०२२’मा प्रथम हुनेलाई रु.१ लाख , दोस्रोलाई रु ५० हजार र तेस्रो हुनेलाई रु. ३० हजार पुरस्कार रहेको बताईएको छ । ट्राभल तथा टुरिजम, रेष्टुरेण्ट, रियल स्टेट लगायतका क्षेत्रमा व्यवसाय गर्दै आईरहेको एमडि गु्रपले यो कार्यक्रमको प्रायोजन गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »