नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका ४ मा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधवार १० औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हिरा देवी खरालको अध्यक्षतामा राष्टिय सहकारी बैंक लिमिटेडका संचालक विजया धितालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
साधारण सभाको प्रमुख अतिथि धिताल, बिशिष्ट अथिति तथा संस्थापक अध्यक्ष तारा रोकाया, जिल्ला बचत तथा ऋण सहकारी संघ
लिमिटेडका उपाध्यक्ष सुशीला पन्त, संस्थाका अध्यक्ष हिरादेवी खरालले संयुक्त रुपमा मैन बत्ती बालेर १० उद्घाटन गर्नुभएको थियो ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष होमनाथ गिरीले स्वागत गर्नुभएको थियो भने संस्थाका सचिव बसन्ता शर्माले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हिरादेवी खरालले आ.व. २०७७÷०७८को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बि.सं.२०६८ साल श्रावण ३१ गते स्थापना भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा विधिवत दर्ता भई बि.संं. २०६८ भदौं २१ गते देखि बैधानिक रुपले बचत तथा ऋण कारोबार गर्ने स्वीकृत प्राप्त भएको हो । आ.व. २०७७÷०७८ मा शेयर सदस्य संख्या ३ सय ८२ पुगेका छन् ।
जस मध्ये १ सय ९७ जना र १ सय ८५ पुरुष रहेका छन् । गत आ. व. २०७६÷०७७ को शेयर पूँजी रकम ४१ लाख नौ हजार ५सय ६१ रुपैया र थप शेपर पूँजी रकम ४ लाख ७६ हजार रुपैपा बृद्धि गरी आ.व. २०७७÷०७८ मा ४ लाख ५८ हजार ५ सय ६१ रुपैया, निक्षेप रकम १ करोड २८ लाख ३ हजार ६ सय ३० रुपैया, रहेका छ । साधारणसभाले बशन्ता शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।