सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज भेरी सरकारी बित्तिय संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न


नेपालगन्ज, भेरी सरकारी बित्तिय संस्था लिमिटेड नेपालगन्जको २६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।


भेरी सरकारी बित्तिय संस्था लिमिटेड नेपालगन्जका अध्यक्ष पदम बहादुर भण्डारीको अध्यक्षतामा संस्थाका संस्थापक अध्यक्ष अच्यूत प्रसाद प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका सदस्य अरुण प्रताप सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No description available.


प्रमुख अतिथि अच्यूत प्रसाद प्रसाई , सभाध्यक्ष, अतिथिले दिप प्रज्वलन गरी २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।

No description available.


सो कार्यक्रममा संस्थामा उत्कृष्ट कारोवारकर्ता महिला तर्फ नेपालगन्ज–२ का प्रिया जायसवालका संरक्षक अमित कुमार जायसवाल, उत्कृष्ट कारोवारकता पुरुष तर्फ नेपालगन्ज–३ का गोपी चन्द शाक्य, निक्षेप (बचत) कारोवार तर्फ उत्कृष्ट कारोवारकता नेपालगन्ज–१२ का कृष्णराज पन्त, कृषि कर्जा कारोवार तर्फ उत्कृष्ट कारोवारकर्ता महिला बैजनाथ गाउँपालिका –८ मीनारानी थरुनी, बैजनाथ गाउँपालिका –६ सम्झनाका कृषि कर्जा कारोवार तर्फ उत्कृष्ट कारोवारकर्ता पुरुष पृथ्वी रावत क्षेत्री, उत्कृष्ट रकम संकलनकर्ता (अभिकर्ता) नेपालगन्ज–४ निशा राईलाई प्रमुख अतिथिअच्यूत प्रसाद प्रसाईले खादा ओढाएर नगद रकम र प्रमाण–पत्र सहित सम्मानित गर्नु भएको थियो ।

No description available.

सञ्चालक समितिका सदस्य भिम बहादुर मल्लद्वारा सञ्चालित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक नेपालगन्ज शाखाका प्रतिनिधि अमृता जोशी, पूर्व सञ्चालक सुशीला शर्मा, सञ्चालक समिति सदस्य बसन्त लामिछाने लगायतले २६ औं वार्षिक साधारण सभाको शुभकामना दिदैं संस्थाको प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

No description available.
No description available.

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक अमृत थापाले आ.व. ०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

No description available.

सो कार्यक्रममा भेरी सहकारी बित्तिय संस्था लिमिटेडका उपाध्यक्ष बिन्दा खरेल, सञ्चालक समिति सदस्य अन्जु शर्मा, कर्मचारी, शेयर सदस्य, का.मु. व्यवस्थापक शोभा गुरुङ्ग, नरेश प्रताप सिंह, रामजी पोखरेल, सुर्य बहादुर राई, शैलु केसी, नरेश वली, मक्ति नारायण दाहाल, राधिका देवी महतरा, विजय सिंह थारु, मंगल सिंह थारु, तेज बिक्रम गिरी, हुमलाल चौधरी, पंकज कुमार श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »