नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का १०० जना गरिब तथा विपन्नलाई कम्बल वितरण गरिएको छ । मुस्ताक राईको सक्रियतामा १०० जना विपन्नलाई कम्बल वितरण गरिएको हो ।
राईको व्यक्तिगत सहयोग र प्रयासमा कम्बल वितरण गरिएको युवा समाजसेवी राईले बताए । सामाजिक अभियन्ता राईको पहलमा १४ नम्बरका विपन्न वस्तीमा अनौपचारिक कार्यक्रम आयोजना गरेर कम्बल वितरण गरिएको उनले बताए ।