काठमाडौँ । रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपको “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध अर्थात अनिल अधिकारीले व्यवसायीक ¥यापरको परिचय कमाएको थियो । त्यसपछि नेपाली ¥याप गीत संगीतको क्षेत्रमा धेरै ¥यापरहरुको जन्म भयो । त्यसले नेपाली गीत संगीतको क्षेत्रमा अश्लीलता ल्याउने काम पनि भयो तर तामाङ समुदायमा पहिलो ¥यापरको रुपमा चिनिएको उत्तर (संगुल)लामा नै हो । ¥यापर उत्तर (संगुल) लामाको लामो ग्यापपछि वाइ यस के ग्रुपले तामाङ ¥यापको क्षेत्रमा बेग्ले पहिचान कमाउदै सबैको मन जित्न सफल भएका थिए । वाइ यस के ग्रुपको रेबन चश्मा म्युजिक भिडियोले तामाङ ¥याप गीतको क्षेत्रमा नयाँ आयम थपिदिएको थियो । त्यसपछि ¥यापर उत्तर लामा (संगुल)ले व्याक टु व्याक म्युजिक भिडियो सार्वजनिक गर्याे ।
¥यापर उत्तर (संगुल) लामाको ब्यक टु ब्याक म्युजिक भिडियो सार्वजनिक भएपछि धेरै ¥यापरका फ्यानहरुले एक पछि अर्कोलाई विभिन्न घोचपेचका ¥यापहरु टिकटक तथा सामाजिक संजालमा भैइराल हुन थाल्यो । त्यसले तामाङ समुदायको गीत संगीतको गन्तव्य कतातिर जाँदै छ भन्ने अन्योलमा नै पारेकाे थियाे । सारा खबरले ¥यापर उत्तर (संगुल) लामासँग ब्याक टु ब्याक म्युजिक भिडियो डिस हान्नकै ल्याएको हो भनेर तपाईलाई आरोप लगाउछन् नि भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ । “यो सरासर झुटो आरोप हो । मैले लामो समयपछि यो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कारणबस वाई यस के ग्रुपको रेबन चश्माको भिडियो सार्वजनिक भयो । जसको कारणले धेरैमा के भ्रम भयो भने मैले वाई यस के लाई डिस हान्न यो गीत सार्वजनिक गरेको भन्ने आरोप खेप्नु पर्यो । वास्तवमा त्यो होइन । गीत गाउन,¥याप हान्न सबैलाई छुट छ ।”
यक्तिबेला तामाङ बजारमा चलेको हल्लालाई मात्रै हेर्ने हो भने तामाङ समुदायमा चलेको ¥यापरहरु बीचमा राम्रो सम्बन्ध छैन भन्ने लाग्न सकिन्छ तर यी दुई समुह बीचमा केहि भिन्नताको बीचमा पनि एकता छ ।
अहिले वाइ यस के ग्रुपको नयाँ म्युजिक भिडियो “ताम हाप” सार्वजनिक भएको छ । यो गीतमा पनि ताम हाप भनेको के हो ? भनेर प्रश्न गरिएको छ । एक आपासमा घुमाउरो भाषामा डिस हानेको नै छन् । पहिलो ¥यापर उत्तर (संगुल) लामा र वाइ यस के ग्रुपको आ–आफ्नै दर्शक र फ्यानहरु छन् ।
¥यापर साङदुप लामा ञ्यासुर, कवाङ लामा, याङसाङ लामा, कर्मा लामा र गायिका शशिकला मोक्तान र नव ¥यापर सरीता दोङ्गको बेजोड प्रस्तुतीमा “ताम हाप” म्युजिक भिडियो सार्वजनिक भएको छ । यो म्युजिक भिडियोले केहि नयाँ सन्देस दिन खोजि रहेका छन् । एक आपासमा डिस हानेर युद्ध चर्काउने काम गर्नु हुँदैन । सबैले मिलेर काम गरेमा सफलताको शिखर चढ्न धेरै गाह्रो छैन भनेर भनिएका छन् ।
म्यजिक भिडियोमा मोडल सुजिना गोले, कञ्चन लामा, सृष्टि घिसिङ,दिपासा दोङ, मोनिका लामाको महत्वपुर्ण भूमिका रहेको छ ।
गीत सगीतको बजारमा आएको समस्यालाई चिर्नका लागि यो गीतले केही सन्देश दिन खोजिको हो भन्ने भिडियो हेरेपछि स्पष्ट हुन्छन् नै तर “रेबन चश्म” म्युजिक भिडियोले जति चचाए पाएको थियो । यो म्युजिक भिडियोले चर्चा नपाउला कि ? हामीले मुल्याङ्कन गर्ने जिम्मा तामाङ समुदायले नै दिएको छ तापनि वाइ यस के ग्रुपले सफलताको शिखर चढ्नका लागि यो मिहिनतले मात्रैले पुग्दैन होला भन्ने भिडियो हेरेपछि सबैले अनुमान लगाउन सकिन्छ ।
प्राविधिक कुरामा धेरै ठाउँमा चुकिएको देख्न सकिन्छ । रेबन चश्मा म्युजिक भिडियोमा देखिएको सफलताले मात्रै वाइ यस के ग्रुपले इतिहास रच्न सकिदैन । नयाँ पनको प्रयोग गर्नका लागि नयाँ प्रविधिको मात्रैले पुगिदैन । त्यसलाई सदुपयोग गर्न सक्ने व्यक्तिको इतिहासले पनि म्युजिक भिडियोको उचाईलाई उठान गर्न सकिन्छ ।
अन्तमा, काठमाडौँको आसपासमा छायँङ्कन गरिएको यो “ताम–हाप” म्युजिक भिडियोको दृश्यबाट दर्शकले धेरै नयाँ पनको आशा र अपेक्षा लिएको थियो । भिडियो हेरेपछि खासै नयाँ पन पाउन सकिदैन । प्रश्न उठ्न सकिन्छ । के ताम–हाप म्युजिक भिडियोले तामाङ ¥याप क्षेत्रमा आएको समस्यालाई रोक्न सकिन्छ ?