काठमाडौँ । तामाङ गीत संगीतको क्षेत्रमा माघ १९ गते शनिबार बौद्धकाे पीपल बोट स्थित सेकुवा जक्सनमा “टिकटक हेरेर” म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सन्तोष गोले र गायिका जितु लोप्चनको सुमधुर आवाज रहेको यो म्युजिक भिडियोमा सन्जिव गोले र शुष्मा मोक्तानको अभिनय रहेको छ ।
हास्य कलाकार कुईसाङ रुम्बाको सन्देश मुलक अभिनय अनि मोडल शुष्मा मोक्तानको मन छुने अभिनयले समाजको वास्तविक चरित्रको चित्रण गरेको छ ।
कोरियोग्राफर तथा निर्देशक सुर्य लामा दोङले “टिकटक हेरेर” म्युजिक भिडियोबाट कमब्याक गरेको छ । सुर्य लामा दोङ पुरानो कोरियोग्राफर हो । उनको यो म्युजिक भिडियोबाट लक्ष्य निर्धारण हुने छन् । गायक सन्तोष गोलेले एकपछि अर्को म्युजिक भिडियोमा निर्माण गर्न सफल भएको छ । उनको निरन्तरताले उनको गायनमा निखारता ल्याएको स्पष्ट देख्न सकिन्छन् ।
धनराज तामाङको शब्द रचना रहेको यो म्युजिक भिडियो डम्फु मिडिया युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
कार्यक्रममा नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङलाई प्रमुख आतिथिकोरुपमा बोलाएको भएता पनि उहाँ कार्यक्रम स्थलमा ढिला आइपुगेका थिए । विशेष अतिथि नायिका रन्जिता ब्लोनले नै म्युजिक भिडियोलाई प्ले गरेर सामाजिक संजालमा सार्वजनिक गरिएको थियो ।
माघ १८ गते नै वाई यस के ग्रुपको नयाँ गीत ताम–हाप पनि सार्वजनिक भएको छ । एकैदिनमा सार्वजनिक भएको यी दुई म्युजिक भिडियोलाई दर्शकले रुचाउछ या रुचाउदैन त्यो हेर्न बाँकी नै छन् । टिकटक हेरेर म्युजिक भिडियोले साँच्चिकै वर्तमान समाजको यथार्थ कथालाई उतारेको छ । टिकटक, पब्जी हरेक नेपालीको घर घरको समस्या हो । यी समस्याहरुलाई म्युजिक भिडियोको माध्यमबाट समाजलाई सचेत बनाउन खोजिएको छ ।
कार्यक्रममा नायक सन्दिप स्याङ्तान, नेपाल तामाङ कलाकार संघकाे सचिव र पत्रकारहरूकाे उपस्थिति रहेका थिए ।
“टिकटक हेरेर” म्युजिक भिडियोलाई सफलताको शुभकामना ।