काठमाडौं । आज एमसिसि संसदबाट पास हुने भन्दै त्यसलाई रोक्न बिभिन्न दलहरु , युवा तथा बिद्यार्थि हरुको सकृयतामा नेपाल बन्द र सडक आन्दोलन भई रहेको छ ।
बानेश्वर एभरेष्ट होटल अगाडी शान्तिपुर्ण रुपमा नाराबाजि गरीरहेका वाईसिएल र बिद्यार्थि को समुहमाथि प्रहरीले अन्दाधुन्ध लाठी प्रहार गर्दा वाईसिएलका संयोजक सुमन देवकोटाको टाउकोमा गंभिर चोट लागेको छ ।
आन्दोलनकारीलाई तिरबितर बनाउन प्रहरीले पानिको फोहोरा र अस्रु ग्याँस समेत प्रयोग गरेको थियो ।
आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तथा शान्तिपुर्ण प्रदर्शनकारी माथि हस्तक्षेप गरेर यो सरकारले आफ्नो चरित्र छर्लङ्ग पारेको आन्दोलनकारीहरुले बताएका छन् ।
एमसिसि कुनै पनि हालतमा पासहुन नदिने भन्दै आवश्यक परे अर्को युद्ध लड्न तयार भएको प्रदर्शनकारी हरुले बताए ।