नेपालगञ्ज, नेपालगञ्ज साईकल फेस्टिभल तथा टुर दी ठाकुरद्धारा साईकल यात्राको तयारीका लागि सचिवालय स्थापना गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सचिवालयको उद्घाटन गर्नुभयो । सो क्रममा थापाले टुर दि ठाकुरद्धारा साईकल यात्रामार्फत बाँके र बर्दियामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको भन्दै उपमहानगरपालिकाले संस्थागत सहकार्य गर्दै आएको बताउनुभयो ।
आयोजक नेपालगञ्ज साईक्लिङ क्लवका अध्यक्ष सतिश निरौलाले फागुन २१ र २२ गते हुने कार्यक्रममा नेपाल र भारतका साईकलयात्रीको सहभागिता रहने बताउनुभयो ।