सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनकाेशी र राेशीकाे बीचमा गुम्बा निर्माण, सहयाेगी दाताकाे नामवली विवरण

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ स्थित सुनकोशी राेशीकाे बीचमा गुम्बा निर्माण भइरहेको छ ।

संघीय राजधानीबाट करिब ७० किलोमिटरको दुरीमा काभ्रेको तेमाल गाउँपालिका पर्दछ । यो गाउँपालिका बौद्धमार्गीहरुका लागि महत्वपुर्ण स्थानकोरुपमा लिने गर्दछन् । धार्मिक आस्था अनुसार गुरु ह्रेम्पोचेले तेर गरेको महत्वपुर्ण स्थान हो । तेमाल गाउँपालिका अहिले बोदिचित्त मालाको लागि प्रसिद्ध छन् ।

सुनकोशी र रोशीको बीचमा रहेको धार्मिक स्थल तेमालमा प्राचिनकालीन महत्वपुर्ण ६ वटा गुम्बाहरु रहेको छ भने अरुपनि धेरै गुम्बाहरु छन् । तेमाल गाउँपालिका वडा नं. ८ योगर अर्थात टेकनपुरमा अहिले उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण हुँदै गरेकाे छ ।

सामाजिक अभियान्त तथा वरिष्ठ पत्रकार जगतमान दोङको सक्रियतामा करिब दुई वर्षदेखि निर्माण भएको यो गुम्बा अहिले अन्तिम निर्माण सम्मपन्न चरणमा छ ।

अमेरिकामा बसोबास गरिरहेको कुमार दोङ र सिहमान तामाङको संयुक्त पहलमा ८ हजार अमेरिकी डलरबाट निर्माण कार्य शुरु भएको यो गुम्बामा अहिले करिब ८० लाख खर्च भएको वरिष्ठ पत्रकार जगतमान दोङले सारा खबरलाई जानकारी दिनुभयो ।

विपी राजमार्ग नेपालथोकबाट करिब आधा घण्टाको यात्रामा उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण स्थलमा पुग्न सकिन्छ । तेमाल गाउँपालिका वडा नं. ८ भुगोलको दृष्टिकोणले ठुलो वडा हो । यो वडामा गुरु ह्रेम्पोजेले तेर गरेको महत्वपुर्ण बोदिचित्त माला प्रसस्तमात्रमा पाइन्छन् ।

वरिष्ट पत्रकार जगतमान दोङको अनुसार निर्माण कार्य सम्पन्न गराउनका लागि करिब ५० लाख लाग्ने बताउनु भयाे । उक्त गुम्बा निर्माण सम्पन्न गराउनकालागि भित्र हृदयदेखि एक रुपियाँमात्रै किन नहोस् सहयोगकालागि उहाँले सबैमा अनुरोध गर्नु भएको छ ।

निरन्तर बगिरहने सुनकोशी नदी र राेशीखाेलाकाे बीचमा निर्माणधिन उग्येन पेज्युङ डुब्देलिङ गुम्बा सम्पन्न गराउनका लागि स्थानीयहरुले पनि सबैलाइ सहयाेगकालागि अनुरोध गर्नु भएको छ ।


यो गुम्बा निर्माण सम्पन्न पाश्चात करिब दुई सय घर दुरीले प्रत्यक्ष लाभ लिन पाउने छन् भने पर्यटकीयरुपमा पनि यो स्थानलाई स्तरउन्नत गर्न सकिने वरिष्ठ पत्रकार जगतमान दोङको दाबी रहेको छ ।

यो गुम्बा निर्माणका लागि तेमाल गाउँपालिकाले तीन लाख बजेट बिनियोजन गरेको छ ।

च्याम्पु पाख्रिन र गुञ्जमान दोङले दुई रोपनी १५ आना जग्गा दान दिएपछि २०७७ पुस २० बाट गुम्बा निर्माण सुरु भएको हो। अहिले गुम्बामा राख्नका लागि भगवानको मुर्तिहरु निर्माण कार्य शुरु भएको छ ।

प्राप्त जानकारी अनुसार सहयोग गरेका व्यक्तिहरूको विवरण यसरी राखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »