राप्तीसाेनारी, ८ फागुन – बाँके स्थित राप्तीसोनारी गाउँपालिकामा पर्ने वडा नं २ टिकुलीपुर र राजपुरमा टावर नहुँदा फोन गर्दा अग्लो ठाउँ अथवा घरको छत-छतमा जानु पर्ने अबस्था थियो । यहाँका बासिन्दाले अब यो समस्याबाट छुट्कारा पाउने भएका छन् ।
बेलाबेलामा वडा अध्यक्ष मदन वलीले भोट माग्दा टावर बनाउँछु, बाटो घाटो निर्माण तथा कालोपत्रे, लालपुर्जा वितरण र सफा खाने पानी घरसम्म पुर्याउने बाचा गरेको तर पुरा नगरेको गुनासो यहाँका बासिन्दाले गर्दै आएका थिए ।
आफ्नो कार्यकाल सकिदै गर्दा अध्यक्ष वलीले सबै बाचाहरु पुरा गर्दै हुनुहुन्छ । टिकुलीपुर, शम्शेरगंज र मटहैयामा खानेपानीको पाइप लाइन पनि गाड्ने काम भैरहेको उहाँले बताउनुभयो । त्यस्तै टिकुलीपुर र शम्शेररगंज सडकखण्ड पनि वडाकै बजेटले भ्याएसम्म छिट्टै कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष वलीले अब एक महिना भित्र मोबाइल फोन टावर सञ्चालनमा आउने बताउनुभयो । उहाँ नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।