नेपालगञ्ज, आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा आकांक्षीहरु चुनावी अभियानमा जुटिसकेका छन् । उनीहरु आन्तरिक भेटघाट तथा कार्यकर्तामाझ पुग्न थालिसकेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टीका कमरुद्दिन राईले उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान सूरु गरेका छन् । राईले आफ्नो उम्मेदवारी नेपालगञ्जको विकास र सम्बृद्धिका लागि भएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडालाई समानुपातिक ढंगले विकासका आफनो उम्मेदवारी दिने बताउनुभयो । अहिलेका मेयर धवलशम्शशेर रणाले नगरपालिका भित्र विभेदपूर्ण तरिकाले विकास गरेको राईले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पछाडी पारिएका नेपालगञ्ज उपमहानगरपालि भित्रका विभिन वडा नम्वरहरुमा १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा अहिलेपनि विकास नभएको राईले बताए । मेयरले शहरीक्षेत्रका केही वडाको विकास गरेपनि अन्यक्षेत्रमा विकासै नगरेको राईको बताए ।
मेयर राणाले नगरपालिका भित्र आफ्ना कार्यकर्ता पाल्ने काममात्रै गरेको राईले बताए । उहाँले मेयर राणाले ढल निकासलाई पूर्णता दिन नसकेको, नगरपालिकाका गाडी ठेक्कामा दिएको, शौचालयको अवस्था विगारेको समेत राईको बताए ।
शौचालय ठेक्कामा दिएका कारण अहिले नगरबासी विशेषगरी महिलाहरुलाई शौच गर्न महिलालाई ठूलो समस्या परेको राईले बताए ।
यस्तै कोभिड महामारीमा विभेदपूर्ण तरिकाले राहात वितरण गरेकोमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले आफ्ना चुनावी एजेन्डा विकास निर्माण, शिक्षा, बाटोघाटो, सरसफाइ रहेको बताउनुभयो । आफ्नो पार्टीबाट जितेका जनप्रतिनिधिले नमुनायोग्य काम गरेको भन्दै त्यहीअनुसार विकास गरिने राईले बताए ।
यस्तै बाँकेको क्षेत्र नम्वर दुईमा संघीय सांसद मो. इस्तियाक राईले धेरै विकास निर्माण गरेको र केही विकासका कामहरु बाँकी छन् । त्यसलाई आफुले पुरा गर्ने राईले बताए ।
सडक निर्माणदेखि स्वास्थ्यक्षेत्र, धार्मिक संघसंस्थामा ठूलो लगानी गरिएको राइले बताउनुभयो । नेपालगन्ज धार्मिक पर्यटकहरुको सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकासमा आफ्नो प्रतिबद्धता जनाउनुभयो ।
पूर्वमन्त्री राइले गरेका कामहरुलाई अघि बढाउने उद्घोष समेत उहाँले गर्नुभयो । उहाँले कोभिड महामारीमा आफुले निस्वार्थ जनताको सेवा गरेको बताउनुभयो । खान नपाएर छटपटाएका मानिसहरुलाई पूर्वमन्त्री राईको पहलमा घरघरमा पुगेर राहात वितरण गरेको बताउनुभयो ।
यसअघि मेयरमै प्रतिस्पर्धा गरेका राई राणासँग पराजित हुनुभएको थियो । चुनावमा पराजित भएपनि आफुले निरन्तर जनताको सेवामा खटिएको उहाँको भनाइ छ । जनताको सुखदुखमा सधैं आफु व्यक्तिगत तरिकाले पनि सहयोग गरेको राईले बताउनुभयो ।
पछिल्लो पटक उपमहानगरपालिका हुँदा गँसिएका वडाको विकासमा ध्यान दिइने उहाँको भनाइ छ । उहाँले गरिव पहिचान आफ्नो प्राथमिकता दिइने बताउनुभयो । गरिवी र असाहयको लागि औषधि उपचारमा निशुल्क गरिने बताउनुभयो ।