काठमाडौं । उपत्यका सरसफाइ अभियानका संयोजक तथा विश्व सरसफाइ अभियानका अभियन्ता राजमान मानवको संयोजनमा काठमाडौं उपत्यका भित्रका १८ वटा नगर र ७ वटा विश्व सम्पदा सुचिमा सुचिकृत स्थानहरुको सरसफाई कार्यक्रम आज बसन्तपुर डबली बाट शुभारम्भ भएको छ ।
२५ दिने बृहत काठमाडौं सरसफाई अभियानको शुभारम्भ कार्यक्रम युरेशिया रेयुकाई का डाइरेक्टर प्रबिन गुरुङ बाट भएको थियो ।
कार्यक्रममा उपत्यकाको बिभिन्न स्थानमा संचालित स्वतन्त्र सरसफाइ अभियन्ता , काठमाडौं महानगर पालिका , नेपाली सेना , बिभिन्न कलेजका बिद्यार्थि तथा समाजसेवी र सर्वसाधरणहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
बागमती सफाइका चित्र सुनुवार , मनोहरा सफाइका चन्द्र दंगाल , चक्रपथ सरसफाइ का लिला खनाल , गोपाल थापा तिनकुने सफाइ बाट नारायण गिरी लगायत सरसफाइ अभियन्ता हरुको उपस्थितिमा अभियान शुभारम्भ भएको थियो ।
अभियानले आफ्नो कार्यक्रमको सुचि समेत सार्वजानिक गर्दै आफुलाई पायक पर्ने ठाउँमा सहभागि भएर स्वच्छ नेपाल निर्माणको अभियानलाई सहयोग गर्न अपिल गरेको छ ।
“सके सफा गरौं नसके फोहर नगरौं” भन्न्ो मुल नारालाई आत्मसाथ गर्नसके मात्र पनि सफा नेपालको परिकल्पना साकार हुने अभियन्ताहरुको दावी छ ।