काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी केन्द्रीय जनसत्ताले गोरखाको पालुङटार नगरपालिकाको करिब ११० रोपनी जग्गा कब्जा गरेको छ ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका भित्र रहेको रामशरण नेपाल नेपालीको नाममा रहेको ११० रोपनी जग्गा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीको केन्द्रीय जनसत्ताले कब्जा गरेको हो ।
उक्त जग्गामा पार्टीको झण्डा गाडेर पार्टीको अनुमति र निर्देशन विना कुनै कार्य गर्न नपाउने भनी ब्यानर सहित राखिएको छ ।
बिज्ञप्ति मा यस्तो भनिएको छ
श्रमजीवी बर्गको हकहितका लागी लडिरहेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) को केन्द्रीय जनसत्ताले साईमन पिटर भनिने, रामशरण नेपाल (नेपाली) को स्वामित्वमा रहेको गोरखा जिल्ला पालुङटार नगरपालिका भित्र रहेको करिब ११० रोपनी जग्गा कब्जा गरेको छ । उक्त जग्गा हाम्रो पार्टीको अनुमति बेगर कसैले पनि भोगचलन नगर्न हाम्रो जनसत्ताले यो बिज्ञप्ति जारी गरेको छ ।
जग्गा कब्जा किन ?
१। दुखी उत्पीडित जनताका छोराछोरीको फोटो बेचेर बिदेशी पैसाको दुरुपयोग गरि धर्मका नाममा संस्था खोलेर र निजि सम्पत्ति कुम्ल्याएकाले ।
२। धर्म र आस्थामा जोडिएको जनसमुदायलाई विभिन्न लोभ र प्रलोभन देखाई संस्थागत रुपले जम्मा भएको रकममा हालीमुहाली गरि आफ्ना नाममा सम्पत्ति जोडेकोले ।
३। संस्था खोलेर बालबच्चा र महिला माथी अभद्र व्यबहार गरेको ।
४। धर्म निरपेक्षता को मर्म माथी खेल्न खोजेको र धर्मका नाममा व्यापार गरेकाले ।
मिति २०७८ फाल्गुन २५ गते
केन्द्रिय जनसत्ता
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)