काठमाडौँ । काभ्रे जिल्ला तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटन कार्यक्रमको दिन पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) र संविधान सभा सदस्य तिर्थ लामा बीच दोहोरी चलेको हो ।
चैत्र ५ गते शनिवार तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घघाटनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा तेमाल पुग्नु भएको थियो । उक्त कार्यक्रममा पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) र संविधान सभा सदस्य तिर्थ लामा एउटै मञ्चमा अतिथिकोरुपमा उपस्थिति रहेका थिए । औपचारीक कार्यक्रमको संचालन तेमाल गाउँपालिकाको उपाध्यक्ष दुर्गामाया तामाङले संचालन गरेको थियो । उहाँले पूर्व राज्यमन्त्री सुर्यमान दोङलाई मन्तव्यको लागि ड्यासमा बोलाउदा राज्यमन्त्री भनेर संवोधन गरेको थियो ।
पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)ले बृहत तेमाल खानेपानी परियोजनाको सन्दर्भमा प्रसंग उठाउदै आउँदो एक वर्ष भित्रमा प्रत्येक तेमालको जनताको घर घरमा पिउने पानी पुग्ने दाबी गर्नु भयो । उक्त खानेपानी परियोजनाको बहस चलाउदा पागल भनेर गाली गर्नेहरु अब पागल हुने पूर्व राज्यमन्त्री दोङले बताउनु भयो ।
सडक, खानेपानी, तेमालको हरेक विकासको प्रगती गणतन्त्रले दिएको उपलब्धी रहेको पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)ले बताएका थिए तर संविधान सभा सदस्य तिर्थ लामाले माओवादी जनयुद्घको कारणले हुन नसकेको विकास नेपाली कांग्रेसको छोटो सरकार रहेको समयमा काम गर्न सफल भएको जवाफ दिएको थियो ।
बाँकी भिडियो हेर्नु होला ।