सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश स्तरिय खेलकुद प्रतियोगिता काभ्रेमा समापन, चितवन बन्यो च्याम्पियन

धुलिखेल । बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला पहिलो, काठमाण्डौ दोश्रो र ललितपुर तेस्रो भएको छ । प्रदेश स्तरिय खेलकुद प्रतियोगिता फागुनको २८ गते सुरु भएर चैत्रको १२ गतेसम्म संचालनमा र¥यो । उत्घाटन समारोह पिप्लेक्याम्पा रंगशाला, हेटौडामा फागुन २८ मा भएको थियो । समापन समारोह चैत्रको १२ गते धुलिखेलमा भएको थियो । काभ्रे जिल्ला धेरै खेल भईरहने भएतापनि प्रदेश स्तरिय प्रतियोगिता भने पहिलो पटक समापन र उत्कृष्ट खेलहरु काभ्रेमा ल्याईएको जिल्ला अध्यक्ष मानविर लामाले बताउनु भयो । लामाले यस घटनाबाट अब्बल नेतृत्वको रुपमा पनि चिनिएका छन् । प्रदेश स्तरीय गेम बक्सिङ र महिला फुटबल काभ्रेमा ल्याउन अध्यक्ष मानबिरको महत्त्वपूर्ण भुमिका रहेको छ ।

समापन समारोहको प्रमुख अतिथित्यता संघिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंगम रहनुभएको थियो । कार्यक्रमको सभापतित्व बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका सांसदद्धव लक्ष्मण लम्साल र चन्द्र लामा, जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला सेना प्रमुख, लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । यस्ता खालका खेलकुद प्रतियोगिताले खेल क्षेत्रमा राम्रो प्रभाव राख्न र खेलाडिहरुलाई खेलप्रति आकर्षित गर्दै खेलमय वातावरण बनाउन सक्ने जिल्ला अध्यक्ष लामाको बुझाई रहेको छ ।

चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । चितवनले २१ स्वर्ण, १९ रजत र १४ काँस्य हात पार्यो । काठमाडौंले १९ स्वर्ण, ६ रजत, ७ कास्य र ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कास्य हात पर्यो । बागमती प्रदेशका १३ जिल्लालाई समावेश गर्दै आयोजना गरिएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेल रंगशालामा समापन गरिएको छ । प्रतियोगिताको फागुन २८ गते मकवानपुरको हेटौडास्थित पिप्ले क्यापडाडाँ रंगशालामा उद्घाटन गरिएको थियो । प्रतियोगितामा प्रदेश सरकारले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गरेको थियो । जसमध्य हेटौडामा ब्याडमिन्टन, तेक्वान्दो, पुरुष फुटबल, चितवनमा भलिबल र क्रिकेट, काठमाडौंमा एथलेटिक्स, काभ्रेमा महिला फुटबल र बक्सिङ, सिन्धुपाल्चोकमा कराँतेका खेल आयोजना गरिएको थियो ।

प्रतियोगिताको अन्तिम दिन महिला फुटबलमा मकवानपुरले धादिङलाई एक शुन्यले हराउँदै पहिलो स्थान हासिल गर्यो । बक्सिङतर्फ पुरुष ४८ केजीमा काठमाडौंमा रविन थापा, ५१ केजीमा काभ्रेका लालप्रसाद उप्रेती, ५४ केजीमा ललितपुरका सुमन नेपाली, ५७ केजीमा काठमाडौंका सुजर महर्जन, ६० केजीमा ललितपुरका शेखर कुटवाजु, ९२ केजीमाथि काभ्रेका रविन्द्र घिमिरे, ९२ केजीमुनी चितवनका विभान गुरुङ, ८६ केजीमा काठमाडौंका सोनु गुरुङ, ८९ केजीमा ललितपुरका राजन तामाङ, ७५ केजीमा काभ्रेका विनिस राई, ७१ केजीमा काठमाडौंका प्रमोद राई, ६७ केजीमा मकवानपुरका अमन श्रेष्ठ र ६३ केजीमा रसुवाका मौसम राना मगरले स्वर्ण जिते । महिलामा ५० केजीमा भक्तपुरकी अस्मिता ढुवाल, ५७ केजीमा काभ्रेकी हेमा राई, ६० केजीमा दोलखाकी डेचेन शेर्पा, ४८ केजीमा काठमाडौंकी सुस्मा तामाङ, ५२ केजीमा भक्तपुरकी सुस्मा खड्का, ५४ केजीमा रामेछापकी सोस्तिका तिरुवा र ६६ केजीमा काठमाडौंकी कबुना श्रेष्ठले स्वर्ण जिते ।  उपाधि विजेता खेलाडीलाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रदेश खेलकुदमा युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी लगायतले पुरस्कृत गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदको ऐन कानुन, संरचना बनाउने काममा अघि देखिएको बागमती प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास रचेको बताए ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले छोटो समयको तयारीमा चुनौतीका बाबजुत प्रतियोगितालाई सफलतापूर्वक आयोजना गरिएको उल्लेख गरे ।    समापन समारोहका प्रमुख अतिथी संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश खेलकुद आयोजना गरेर बागमती प्रदेश सरकारले उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्दै यसले अन्य प्रदेशलाई समेत प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न हौसला मिल्ने बताए । उनले प्रदेश खेलकुदमा राष्टिय कीर्तिमान कायम गर्ने खेलाडीलाई आसन्न एसियन गेम्सको बन्द प्रशिक्षणमा राखिने जानकारी दिए । प्रतियोगितामा २१ सय बढी खेलाडी सहभागी बनेका । संघीय संरचना अनुसार प्रदेश खेलकुद विकास परिषद गठन भएपछि प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर बागमती प्रदेश सरकारले इतिहास रचेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »