काठमाडौं । नेकपा (माओवादी केन्द्र) तथा नेकपा ( एकिकृत समाजवादी) अन्तरगत काठमाडौ उपत्यकाको कृयाशिल संगठनको रुपमा रहेको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति र सिन्धुपाल्चोक काडमाडौं सम्पर्क मञ्चको बलेफी गाउँपालिका समितिले स्थानियतहको निर्वाचन —२०७९ मा गठबन्धनको तर्फबाट बलेफी गाउँपालिका को बिभिन्न पदहरुमा उम्मेदवारी दिएका उम्मेदवारहरु संग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनको बलेफी गाउँपालिका अध्यक्ष शुवास तामाङ को शभापतित्व , माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पुर्व सांसद केशव नेपालको प्रमुख आतिथ्य , पार्टीका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य माधव सापकोटा(सुबोध)को बिशेष आतिथ्यता , केन्द्रीय सदस्य तथा महिला नेतृ अमृता नेपाल ( प्रभा ) ,प्रदेश तथा जिल्ला स्तरका नेताहरु प्रताप तामाङ , टोपनाथ सापकोटा , कृष्ण कोपिला , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्य लगाएत एकिकृत समाजवादीका नेताहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिका का माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार गंगा तामाङ ( प्रवेश ) तथा उपाध्यक्ष पदका उम्मेदवार नेकपा ( एकिकृत समाजवादी) को तर्फबाट डि.बि. थापा र वडा अध्यक्षका उम्मेदवार हरु समेत उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्ने क्रममा बक्ताहरुले पछिल्लो समय बलेफीमा राजनैतिक समिकरण फेरबदल भएकोले स्थिति सहज जस्तो देखिएपनि भित्र भित्र खतरानाक खेलहरु भएको बताएका छन् ।
कार्यक्रममा माओवादीका सल्लाहकार तथा सिन्धुपाल्चोकका कम्युनिष्ट पार्टीका संस्थापक नेता जयराम पराजुली को पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो मनतब्य राख्दै बिशेष अतिथि पार्टीका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य माधव सापकोटा(सुबोध)ले अघिल्लो चुनावमा केहि प्रबिधिक कमजोरीको कारण थोरै मतान्तरले पराजय भोग्नु परेको यो पालिकामा यस पटक भने त्यस्तो हुन नदिन आफु लागिरहेको बताउनु भयो ।
नेता सापकोटाले शुक्ष्मरुपमा मत सर्वेक्षण देखि राजनैतिक गतिबिधिको समेत अध्ययन गरि सोहि अनुरुप तत्काल रणनिति परिर्वतन गरेर भएपनि निर्वाचनमा जित हासिल गर्न आम नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
यो निर्वाचन छाडा पुँजिवाद र समाजवाद बिचको लडाई समेत भएकोले माओवादीले हार्दा समाजवाद हार्ने छ भन्नेकुरा आमनागरिकमा पुर्याउनु अहिलेको मुख्य काम भएको उहाँको भनाई छ ।
आम मतदाता सचेत र सक्षम समेत भएकाले पैसाको खोलो बगाएपनि बलेफी माओवादीको हातबाट बाहिर नजाने उहाँको जिकिर छ ।
“अघिल्लो स्थानिय सरकार ले करोडौं बेरुजु बनाएको कुरा जनतामा लैजानु पर्छ । राजनितिलाई ब्यापार र कमाउने उद्योग बनाउन खोज्नेको भण्डाफोर गर्दै तिनले बाँडेका रकमहरु कब्जा गरेर सार्वजानिक काममा लगानि गर्नु पर्छ र आफु तथा आफ्नो पार्टीको पहलमा भएका राम्राकामहरु को प्रचार प्रसार गर्नु पर्छ ।”
यसो गर्नसके जति पैसा खर्च गरेपनि केहि असर नगर्ने उहाँको तर्क रहेको छ ।