सिन्धुपाल्चोक । स्थानियतह निर्वाचनको दिन नजिकिदै गर्दा सिन्धुपाल्चोकको चुनावीमाहोल तातिदै गएको छ ।
पाँचदलीय गठबन्धनको राम्रो तालमेल नमिले पछि सिन्धुपाल्चोकको १२ वटा स्थानियतहमा भागबण्डा मिलेको ठाउँमा गठबन्धन र नमिलेको ठाउँमा एक्लाएक्लै वा २ पार्टीको मात्र गठबन्धन गरेर सबै ठाउँमा उम्मेदवारी दर्ता भएको छ ।
१२ वटा स्थानियतह मध्य यतिबेला बलेफी गाउँपालिकाको चर्चा बजारमा धेरैनै चल्ने गरेको पाईन्छ ।
नेकपा(एमाले)र माओवादी केन्द्र दुवैले आफ्नो गढको रुपमा लिएको यो पालिकामा पछिल्लो समय भएको राजनैतिक उत्तरचढाव ले केहि समिकरण बिग्रीएको छ ।
गत स्थानियतहको निर्वाचनमा नेकपा (एमाले) बाट गाउँपालिकाको अध्यक्ष मा निर्वाचित भएका केदार क्षेत्री लगायतका प्रभावशालि नेताहरु नेपाली काँग्रेसमा प्रवेश भएपछि एमाले कमजोर भएको आँकलन गर्न थालिएको छ ।
एमालेको प्रभावशालि नेताहरु भित्राएको काँग्रेसले युवा ब्यबसायी सुबास तिमल्सिना लाई गाउँपालिकाको उम्मेदवार बनाएर आफुलाई बलियो रुपमा उभ्याएको छ ।
गत निर्वाचनमा थोरै मतान्तरले पराजय भोगेका गंगा बहादुर तामाङ(प्रवेश) एमालेमा गएको पैरोको कारण यसपालि आफु विजेता बन्नेमा ढुक्क देखिन्छन् ।
एमालेले पनि निकै उर्जावान ब्यक्ति नारायणकाजि श्रेष्ठलाई उम्मेदवार बनाएर आफ्नो शक्ति अलिकति पनि नघटेको बताउँदै आएको छ ।
प्रभावका हिसाबले कोहि आर्थिकमा बलियो , कोहि संगठनमा बलियो र कोहि चुनावी नारामा बलियो जस्तो देखिएको बलेफीको चुनावी महासंग्राम हेर्नलायक हुने आम सर्वसाधरण को धारणा रहेको छ ।