सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इन्द्रावतीमा माओवादीको चहलपहल : जनता भन्छन् ठुलो बाबु श्रेष्ठलाई जिताउनु पर्छ

सिन्धुपाल्चोक । स्थानियतहको निर्वाचन नजिकिदै गर्दा देशैभर राजनैतिक पार्टीहरुको चहल पहल बढीरहेको छ । स्थानिय सरकारमा आफ्नो पहुँच पुर्याउन सबै दलका नेता कार्यकर्ता र समर्थकहरु लागि रहेका छन् ।
पछिल्लो समय बिबिध कारणले राजनैतिक चर्चा बटुल्दै आएको सिन्धुपाल्चोक मा अहिले स्थानियतहको निर्वाचनको चहलपहल बढेको छ ।
आ—आफ्नो पकड क्षेत्रमा गठबन्धन बिना वा २ दलिय गठबन्धन बनाएर चुनावमा भिडीरहेका राजनैतिक पार्टीका स्थानिय नेता हरुलाई यो चुनाव भारी पर्नसक्ने छ ।
इन्द्रावती गाउँपालिकाको माहोल झन राजनिति मय भएको छ ।
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पुर्व जिल्ला शभापति बिकास लामा , एमालेका चर्चित नेता झम्क नेपाल संग १६ बर्ष सिन्धु काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भएका ठुलो बाबु श्रेष्ठ को प्रतिस्पर्धा ले इन्द्रावतीको राजनैतिक माहोललाई रौनक थपिदिएको छ ।
सबै दलहरुले आफ्ना आफ्ना घोषणापत्र र प्रतिबद्धता पत्र बोकेर जनताको घर घरमा पुगिरहेका छन् ।
यसै बिच माओवादी केन्द्रले पनि घरदैलो अभियान सन्चालन गरिरहेको छ ।
१६ गते बाट शुरु भएको घरदैलो अभियानको क्रममा बिभिन्न वडा हरुमा पुगि स्थानिय नागरिकहरु संग छलफल तथा अन्तरकृया भएको अभियानको ब्यबस्थापन संहालि रहेका बिद्यार्थि नेता संजिब तामाङ ले बताएका छन् ।
पार्टी मात्रै कुरा भन्दा पनि सममाजिक सेवाको हिसाबले ठुलो बाबु श्रेष्ठलाई आमनागरिकले रुचाएको ले ठुलोबाबु श्रेष्ठको पक्षमा ठुलोमत रहेको उनको दावी छ ।
इन्द्रावती बाट काठमाडौं आई बस्ने हरुलाई पर्ने पिर मर्का तथा भुकम्प को समय ,बाढी पैरोको समय र कोभिडको समयमा समेत ठुलो बाबु श्रेष्ठले गरेको हरेक योगदानलाई इन्द्रवातीका नागरिकले भुल्न नसक्ने भन्दै आम नागरिक पार्टीका सैदान्तिक कुरालाई थाति राखेर भएपनि ठुलोबाबु श्रेष्ठको पक्षमा उभिएको बिद्यार्थि नेता संजिब तामाङ बताउछन् ।
उनि भन्छन् “ इन्द्रावतीमा माओवादीको जित शुनिश्चित छ ”।

भर्खरै

सम्बन्धित खबर

Language »