नेपालगन्ज, बुवा धनसिङ ओली र आमा पदमी ओलीको कोखबाट २०४७ सालमा राप्तीसोनारी मा जन्मिएका ज्ञानेन्द्र सिङ ओली(ज्ञानु) राप्तिसोनारिमा मात्र नभैइ समग्र बाँके जिल्लामा सबै पिढिले रुचाउने सहयोगि युवा नेता हुन् ।
२०७४ सालको स्थानिय चुनावमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बाट अत्याधिक मतले बिजयी भएका ओलीको राजनिती यात्रा २०६४ सालदेखि नेकपा एमालेको भातृसंगठन युथ फोर्स नगर अध्यक्ष हुँदै गर्दाबाट सुरु भएको हो । युवा संघ हुँदै यात्रा सुरु गरेका ओली नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्ष हुँदै युवा संघ जिल्ला सदस्य, क्रमश केन्द्रिय सदस्य हुँदै हाल युवा संघ बाँके जिल्ला अध्यक्ष समेत रहेका छन् ।
उनले पाटी प्रती देखाएको लगनशिलता अनि जिम्मेवारी बोध अनि जनता प्रती गर्ने उच्च सम्मान र सहयोगले २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य पाएका थिए र उनी अत्याधिक मतले बिजयी हुने युवा जनप्रतिनिधि हुन् । उनी वडा नम्बर २ का वडा सदस्य भएता पनि उनि गाउँपालिका भरी नै सेवा र सहयोग गर्न खटिने गर्दथे ।
उनी आफ्नो वडामा र पालिकामा हुने सामाजिक कार्य होस या कुनै आपतबिपद पर्दा होस दिनरात नभनेरै सहयोग र सेवा मा खटिने गर्दथे त्यसैले उनको कामको उच्च मुल्यांकन गरेर पाटिले २०७९ साल बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदको रुपमा उम्मेद्बार बनाएको हो। पाटिले मात्र नभएर स्थानिय जनताहरुले पनि उनिलाई वडा अध्यक्ष हुन आग्रह समेत गरेका छन् ।
समयदेखि पार्टीको भातृ संगठनमा रहेर पार्टी राजनीतिमा आएका नेता ओलीले २०७४ सालदेखी आजका मितिसम्म वडा सदस्य भएर आफुले जिम्मेवारी पाएको वडाका लागि थुप्रै सर्हानीय कार्य गरिसकेका छन् ।
गत निर्वाचनमा निर्वाचित भएपश्चात् राप्तीसोनारीमा विभिन्न बिपत जस्तैव बाढी, आगलागीका कारण अलपत्र परेका बाढीपीडित र अग्निपिडित स्थानीय जनतलाई लत्ताकपडा दालचामल सहयोग गर्नुका साथै विभिन्न संघसंस्थालाई आग्रह गर्दै राहत सामग्री समेत सहयोग दिलाउन उनी सधै अग्रस्थान मै रहेका छन् ।
उनी देश कोरोनाले थलिएको बेला पनि दिनरात नभनी जनाताको सेवामा लागिरहे । चाहे त्यो बाढीपीडितका समस्या होस चाहे अग्निपिडितको चाहे कोरोनाले ग्रसित जनताको क्क्क्क।समस्यामा होस उनले आफ्नो तर्फबाट जनताका लागि विशेषज्ञ चिकित्सकसहितको टोली व्यवस्थापन गरि स्वास्थ्य शिविर समेत सन्चालन गरि स्थानियलाई सजिलै सेवा दिन सफल भएका छन् ।
उनले वडा सदस्य भएर पदमा रहिरहदा पनि आफूले पाउने सेवा सुबिधा समेत नलिएर वडाको बिकासमा निकै टेवा पुर्याउँदै बाटो–घाटो, मन्दिर निर्माण, खेल मैदान मर्मत कार्य, स्कुलहरुमा थुप्रै सामग्री सहयोग दिने जस्ता कार्य गरिसकेका छन् । कोभीड १९ को पहिलो लहरमा वलीले घर–घरमा पुगेर स्थानीय जनतालाई स्वास्थ्य सामग्री सहयोग गर्नुका साथै स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम समेत गरेका छन् । बेला बेलामा भएका दुर्घटनामा आफैं उद्धारमा खटिने सहयोगी नेता ओली त्यस वडामा सबैका प्रिय मानिन्छन् ।
त्यसैले उनिले २०७९ को स्थानिय चुनावमा आफू वडा अध्यक्ष भएपछी वडा सदस्य हुँदा बाँकि रहेका थुप्रै अधुरा कामहरु पूरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउन कुनै कसर बाँकि नराख्ने समेत प्रतिबद्धता जनाएका छन् ।