सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकामा ११७८ मतान्तरले गठबन्धनबाट नेपाली कांग्रेसको उम्मेदवार चन्द्र लामा विजय

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसबाट चन्द्र लामा ७०७८ मत ल्याएर निर्वाचित भएको छ भने प्रतिद्वन्दी नेकपा (एमाले)ले ५९०० मतले ल्याएको छ । एघार सय अठत्तर मतान्तरले चन्द्र लामा विजय भएको जानकारी तेमाल गाउँपालिकाको निर्वाचन साहयक अधिकृत केदार ढकालले सारा खबरलाई जानकारी दिएको हो ।

उपाध्यक्षमा गठबन्धनबाट दलमान थोकर ६६६० मत ल्याएर विजय भएको छ । प्रतिद्घन्दी नेकपा (एमाले)को समतेन लामाले ४९७२ मत ल्याउन सफल भएको छ ।

तेमाल गाउँपालिकामा २०७९ बैशाख ३० गते भएको निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको चन्द्र लामाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेको थियो भने नेकपा (एमाले) बाट इन्द्र लामाले उम्मेदवारी दर्ता गरेको थियो ।

अत्याधिक मत ल्याएर विजय हुने अनुमान गरेता पनि त्यो आकाल मिलेको छैन । २०७४ सालमा भएको स्थानीय तहको मत संख्यालाई तुलना गर्ने हो भने नेकपा (एमाले) को उम्मेदवार इन्द्र लामा डबल मतले हार व्यहोर्नु पर्ने थियो तर त्यो भएन ।

तेमाल गाउँपालिकामा वडा नं. १ मा इन्द्र अधिकारी नेपाली काग्रेसको उम्मेदवार कुलदास तामाङसँग एक मतको अन्तरले हारेको छ भने इन्द्र अकिारी विजय भएको छ । वडा नं. दुईमा नेकपा (एमाले)को उम्मेदवारीलाई हराउदै नेकपा माओवादीको उम्मेदवार देवराज तामाङ विजय भएको छ । यसै गरी वडा नं. ३ मा नेपाली कांग्रेसको उम्मेदवार विष्णु लामाले जित हासिल गरेको छ । वडा नंं. ४ मा नेकपा (एमाले) को उम्मेदवार पेम्बा तामाङ विजय भएको छ । वडा नं. ५ मा नेपका (माओवादी केन्द्र)को हजार सिं तामाङ ५७४ मत प्राप्त भएर विजय भएको छ । वडा नंं. ६ ठुलो पर्सेलमा नेकपा माओवादी कै उम्मेदवार प्रेम लामा ६६७ मत प्राप्त गरी विजय भएको छ । वडा नं. ७ मा इन्द्र लाला तामाङ विजय भएको छ भने वडा नंं ७ मा नेपाली कांग्रेसको उम्मेदवार तेमाल सिं तामाङ विजय भएको छ यसैगरी वडा नंं. ९ मा चन्द्र बहादुर तामाङ नेकपा माओवादी बाट विजय भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »