सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किसानले उत्पादित कपासको मूल्य बढ्यो

नेपालगन्ज,कपास विकास समितिको अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा समितिको बैठक बसेर विभिन्न बुँदाहरुमा छलफल गरि किसानहरुको कपासमा कुईन्टलको एक हजार रुपियाँ बढाएको छ ।

कपासमा किसानहरुलाई आकर्षण गर्न कपास विकास समितिले किसानलाई मल, बीउ, औषधि र प्राविधिक सहयोग पहिले भन्दा फरक तरिकाले गर्ने र कपास बिकासका लागि किसानको महत्त्वपूर्ण भुमिका भएकोले पहिलो प्राथमिकता किसान भएको अध्यक्ष काफ्लेले बताउनुभयो ।

किसानबाट समितिले कच्चा कपास ८ हजार ५०० रुपैयाँ कुईन्टलमा खरिद गरि रहेकोमा अब ९ हजार ५०० रुपैयाँ दाना सहितको कपास किन्ने निर्णय गरेको जनाईएको छ ।

May be an image of 4 people and people standing

किसानहरुले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा कपास लगाउने गरेका छन् । आज भोलि दाङको ९० बिघामा किसानले कपास खेती गर्छन् । लमहीको वडा नम्बर ७, ८ र ९ राजपुरको १, २, ३, ५, ६ र ७ नम्बर वडामा खिती गरिन्छ ।

कपास खेती भनेको सेतो सुन नै हो, के मानेमा भने यो नगद बाली हो, किसानले सजिलै उबजनी नहुने बन्जर जमिनमा कपास उत्पादन गर्न सक्छन् र उत्पादित कपास बिकास समितीले सम्बन्धित ठाउँ मै गएर सजिलै खरिद गर्छ र नगद भुक्तानी गरिरहेको छ भनेर कपास बिकास समितिका सदस्य सचिब कार्यकारी प्रमुख बुद्धबहादुर थापाले जानकारी गराउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »