काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो अनुदानको व्यवस्था गरिएको हो ।
अर्थमन्त्री शर्माका अनुसार यसबाहेक राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ । सरकारले विभिन्न चार प्रकारका अनुदान तल्लो सरकारमा हस्तान्तरण गर्दै आएको छ ।
वित्तीय समानीकरण अनुदान
प्रदेशः ६१ अर्ब ४३
स्थानीय तहः १ खर्ब २३ करोड
ससर्त अनुदान
प्रदेश ः ५७ अर्ब १ ७ करोड
स्थानीय तह ः १ खर्ब ८३ करोड
समपुरक अनुदान
प्रदेश ः ६ अर्ब ३० करोड
स्थानीय तह ः ७ अर्ब २७ करोड
विशेष अनुदान
प्रदेश ः ४ अर्ब ५६ करोड
स्थानीय तह ः ९ अर्ब १४
राजस्व बाँडफाँट
१६३ अर्ब ३ करोड
कृषिलाई ५५ अर्ब
कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई ५५ अर्ब बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय योजना आयोगले तोकेको सिलिङ भन्दा १५ अर्ब बढी बजेट कृषिलाई दिएका हुन्।
कृषिमा आयोगले ४० अर्बको सिलिङ तोकेको थियो। चालू आर्थिम ३६ अर्बको बजेट विनियोजन भएको थियो। यस वर्ष कृषिमा आत्मनिर्भर हुन मन्त्रीले ५५ अर्ब बजेट कृषि मन्त्रालयलाई विनियोजन गरेका हुन्।
नेपालीहरुको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर
नेपालीहरुको प्रतिव्यक्ति आय वार्षिक १३८१ अमेरिकी डलर पुगेको छ। केही समयअघिमात्र केन्द्रीय तथ्यांक विभागले नेपालीहरुको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको जनाएको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष १४२ डलरआय वृद्धि भएको हो।
गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२३९ डलर रहेको थियो। आर्थिक वर्ष ०७५र७६ मा ११९४ रहेको प्रतिव्यक्ति आय क्रमशः ०७६र७७ मा घटेर ११५६ र ०७७र७८ मा बढेर १२३९ पुगेको थियो।
असार मसान्तसम्म ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान
सरकारले असार मसान्तसम्म ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरेको छ ।
संसदमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राजस्व संकलन सन्तोषजनक रहेको बताए ।
राजस्व परिचालन लक्ष्यको हाराहारीमा रहि ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने सरकारको अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढि हो ।