भक्तपुर । तामाङ भाषाको ठेट शब्द “बेङ्ग्यारी ह्योङ्ला” म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा यो म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गायक तथा संगीतकार निमा दोङ र गायिका जीतु लोप्चनको सुमधुर आवाज रहेको गीतमा चन्द्रकुमार दोङको संगीत रहेको छ ।
मोडल लाक्पा लामा र सुनिता योञ्जनको अभिनय रहेको यो म्युजिक भिडियोले तामाङ समुदायको हराउँदै गरेको बेङ्ग्या तथा कोक्रो शब्दलाई उठान खोजिएका छन् ।
गायक तथा संगीतकार निमा लामा र गायिका जितु लोप्चन समुदायको नामलाई अग्र स्थानमा राख्न सफल छन् ।
भक्तपुरको सेकुवा जक्सनमा आयोजित कार्यक्रमको सभापति युवा व्यवसायी बिजय लामा रहेको थियो ।
यो म्युजिक भिडियो निमा दोङको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
“बेङ्ग्यारी ह्योङ्ला” गीत ठट्टाको रुपमा प्रयोग गरेको पाइन्छ । तामाङ समुदायमा ठट्टा नै बढी हुन्छ ।
शब्दकार तथा अतिथि कुमार स्याङबाले म्युजिक भिडियो राम्रै भएको बताउनु भएको भयो ।
नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलले तुलनात्मक रुपमा म्युजिक भिडियो राम्रो निर्माण भएको र सफलताको शुभकामना दिनु भएको छ भने बजार जस्तोसुकै भएतापनि तामाङ सस्कृतिलाई उठान गर्न नछाड्न आग्रह, सुझाव दिनु भएको छ ।
प्रमुख अतिथि चन्द्रकुमार दोङले धेरे संघर्षको परिणाम स्वारुप प्राप्त भएको उपलब्धिकोरुपमा लिदै खुशी व्यक्त गर्नु भयो ।
उहाँले भन्नुभयो । “आज मैले ठुलो परिवारको भएको महसुस गरेको छु । कुनै समय थियोे । हामीले बजारमा तामाङ कलाकारहरु अौलामा गन्न सकिन्थ्यो , अहिले यसरी जतापनि कलाकारहरु भेट्न पाइन्छ । मेरो सपना पूरा भएको छ ।
यो गीतको शब्द रचन चन्द्र दोङको रहेको छ भने प्रतीक ञ्यासुरको निर्देशन रहेका छन् ।