अशोक दुलाल
बि.स. २००४ साल देखि तत्कालीन राणा शासन बिरुद्द सुरु भएको जयतु सस्कृतम नामक पहिलो विद्यार्थी आन्दोलन हो । देश र जनता का उपलब्धि को एउटा अध्याय हो विद्यार्थी आन्दोलन , जतिबेला राजनैतिक दल हरु प्रतिबन्धित थिए त्यतिबेला विद्यार्थी सङ्गठन को झण्डा र ब्यानर मुनि लुकेर नेता पनि होमिएका थिए आन्दोलनमा , चाहे राणा शासन फाल्न होस या पन्चायत लाई घुडा टेकाउन चाहे राजतन्त्र बिदाइ गर्न होस या समानुपातिक र संबैधानिक लोकतान्त्रिक मुलुक स्थापित गर्न विद्यार्थी आन्दोलन ले नछोएको भन्ने नै छैन ।
“कि असल बनेर आफू राजनीति मा आउ कि गलत बाट शासित हुन तयार रहौ” आज त्यही भनाइ सावित भएको देखिन्छ नेपाली राजनीति मा , जो वास्तविक विद्यार्थी का समस्या देखि गुनासो सुन्छ र सुल्झाउछ समाधान उसैलाई झोले नेता , फोहोरी खेलाडी , भरौटे लगाएत नाम दिएर राजनीति बाट नै घृणा जगाइदिएर जबर्जस्त हटाइन्छ र फेरि घुम्दै फिर्दै देश को शासन सत्ता मा आइपुग्छन र झोला बोकेरै लुट्छन देश र केही थान नारीको अस्तित्व ,अनि फेरि गाली खानेछन ती बिचरा झोले भनौदा विद्यार्थी नेता हरु, जो कोठामा ग्यास सकिएपछि पेट मा ग्यास भर्न र घरबेटी को आँखा छल्दै लुकेर कोठा पस्न बाध्य हुन्छन् असली विद्यार्थी नेता
भलै , सबै विद्यार्थी नेता असल नहोलान, कोहि आफ्नो सत्यता लुकाएर यथार्थ को पोखरी मा भन्दा भ्रम को धरातल मा रम्न खोज्छन ।
अब केहि बेर यसको धरातल तिरै फर्किउ,
सत्तामा रहेका पार्टी को मुल भातृ संगठन अनेरास्ववियू ( क्रान्तिकारी ), नेपाल विद्यार्थी संघ , अनेरास्ववियू र प्रतिपक्षी पार्टी को विद्यार्थी संघठन अनेरास्ववियु लगायत समाजवादी विद्यार्थी युनियन सम्म को एउटै मात्र आन्दोलन छ , संबैधानिक परिषद को पक्ष र विपक्ष मा मात्रै आन्दोलन गरिरहने र कार्यकाल बिताउने । बास्तवमा भन्दा विद्यार्थी आन्दोलन विद्यार्थी को समस्या अनि गुनासो भन्दा बाहिर छ ।
पार्टी सत्ता मा रहदा वा नरहदा पनि सदैव विद्यार्थी संघसंगठन प्रतिपक्षी नै हुन्छ । यो धुर्ब सत्य कुरा नै हो ।
सडक बाघ को रूपमा स्थापित अनेरास्ववियू (क्रान्तिकारी) यति बेला बिभाजन को उतरार्ध मा छ । सम्मेलन को हलमा अध्यक्ष मात्र टुङ्याएको क्रान्तिकारी मा पदाधिकारी मनोनयन बाट सुरु भएको विवाद लगभग विघटन को अन्तिम चरण मा पुगेको छ ।
अध्यक्ष र संयोजक सहित दुइटा कमिटी मिलाउन प्रचण्ड को निर्देशनमा ३ सदस्यीय सुझाव समिति बनाएको छ ।
नेपाल विद्यार्थी संघ को त झन् कुरै नगरम, बल्ल बल्ल विवाद को बीच बाट ३२ बर्ष उमेरहद तोकेको ने बि संघ ले आज सम्म एक सदस्यीय केन्द्रिय कमिटी मात्र टुंगोमा पुर्याएको छ ।
अनेरास्ववियु मा एउटा रोग छ जुन विद्यार्थी सङ्गठन मा एक ब्यक्ति धेरै पद ओगट्न सफल छन् । अनेरास्ववियु अध्यक्ष बराल पार्टी केन्द्रिय सदस्य , अनेरास्ववियु इन्चार्ज अनि अध्यक्ष पनि हो, अचम्म नै भन्नुपर्छ यो पहिलोपटक अध्यक्ष इन्चार्ज एउटै ब्यक्ति हुनुहुन्छ । आफ्नै संघठन भित्र लडाइ लड्न ब्यस्त यति भयो कि सडक मै प्रतिपक्षी देखिन्न।
अनेरास्ववियू भित्र स्पष्ट दुई धार छ , पराजुली र आरती पक्ष,
सत्तामा रहदा मात्रै बाच्ने अवस्था मा बाचेको देखिन्छ अहिले
बाकी विद्यार्थी सङ्गठन पनि अहिले यहि अवस्था बाट गुजृएका छन् ,आज का प्रधानमन्त्री समेत विद्यार्थी आन्दोलन बाट स्थापित हुदाहुदै पनि आज विद्यार्थी आन्दोलन लगभग सहिद भएको छ ।
विद्यार्थी आन्दोलन भन्दा ज्यादा ध्यान त्रि बि सिनेट बैठक र अतभखत तिर देखिन्छ अनि विद्यार्थी समस्या बोकेर टाउकोमा हात राख्छ ।
अनि अझ हामी भन्छौ विद्यार्थी आन्दोलन जिबित छ भनेर,
यसलाई बचाउनु तपाई हामी सबैको दायित्व हो।मरणासन्न अवस्था मा पुगेको विद्यार्थी आन्दोलन लाई औषधि गर्न लैजान र बचाउन म एउटा ऐम्बुलेन्स को टायर अगाडि बढाउछु अनि तपाई
नि???????
(लेखक अखिल क्रान्तिकारी का विद्यार्थी नेता हुन )