नेपालगन्ज, जनता समाजबादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं ३(क) का प्रदेशसभा सदस्य उम्मेदवार ग्यासुद्दिन खानले आफूले जनतालाई आश्वासनमात्रै नभएर काम गरेर देखाउने बाचा सहित उम्मेदवारी दिएको बताएका छन् । उनले जनतालाई झुक्याउनेलाई नभएर काम गर्ने सक्ने उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन् ।
बाँके क्षेत्र नं ३ (क) को चुनावी प्रचार प्रसार क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनतालाई झुक्याउने नेतालाई यसपालीको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे ।
मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन । आश्वासन र सपनाहरू बाँडिरहेको छैन । यसअघि पनि यो क्षेत्रले बिधायक पायो । यो क्षेत्रका जनताले के पाए ? यहाँ के विकास भयो ?’ उनले भने, मा चुनाव लडिरहेको छु । जनताको चौकीदार बन्न राजनीतिमा आएको छु ।
संघीयता को लडाईंमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउन र जनताको अवस्थामा परिवर्तन ल्याउनका लागि पनि एकपटक जसपा पार्टीलाई मौका दिन उनले अपिल गरे । तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन । बांके क्षेत्र नम्बर ३ (क )को विकासको लहर लिएर मतदातासँगै रहने उनले प्रतिवद्दता जनाएका छन ।