काठमाडौँ । काभ्रे जिल्ला क्षेत्र नं. १ प्रदेश सभा १ मा बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रत्न ढकाललाई म्हाने मोलम गरि अग्रिम विजयको शुभकामना दिएको छ ।
जिल्ला ब्यापी चुनावी अभियानको क्रममा काभ्रे क्षेत्र नं. १ प्रदेश सभा १ को बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रत्न ढकालाई विभिन्न स्थानमा म्हाने मोलम गरी विजयको अग्रिम शुभकामना दिएको हो । रोशी गाउँपालिकाको खार्पा च्योमा जाँदा त्यहाँका आमा समुहले म्हाने मोलम गरि जीत सुनिश्चित भएको हुनाले अत्याधिक मत ल्याएर विजय हुन अग्रिम शुभकामना दिएका छन् । रोशी, तेमाल, नमोबुद्दमा पुग्दा साझा उम्मेदवारलाई म्हाने मोलम गरी स्वागत गरेका हो । २०७४ सालको संघीय निर्वाचनमा रत्न ढकालले विपक्षी उम्मेदवारले भन्दा सात हजार मत बढी ल्याएर विजय भएको थियो ।
बाम लोकतान्त्रिक गठबन्धनको काभ्रे क्षेत्र नं. मा रत्न ढकाल पपुलर उम्मेदवार हो । प्रदेश सभा एकमा चौरी देउराली गाउँपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्द नगरपालिका, महाभारत गाउँपालिका र खानी खोला गाउँपालिकाको केहि वडाहरु गरि बहत्तर वटा वडाहरु पर्दछन् । ती प्रत्येक वडामा जनताले माग गरे अनुसार यो पाँच वर्षको अन्तरालमा बजेट बिनियोजन नभएको कुनै वडाहरु छैनन् । बजेट बिनियोजनको सवालमा नेकपा (एमाले)का नेता, कार्यकर्ता नेताहरु नै खुशी देखिन्छन् ।
मंसिर चार गते हुने निर्वाचनमा अत्याधिक मत ल्याएर विजय हुने बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रत्न ढकालको दाबी रहेको छ ।
काभ्रे क्षेत्र नंं. १ प्रदेश सभा एकलाई आउँदो पाँच वर्ष भित्रमा कालो पत्रे सडक सम्पन्न भएको प्रदेश सभाको रुपमा चिनाउने प्रतिबद्दता गरेका छन ।
बर्तमान युवा खेलकुद मन्त्री रत्न ढकाल भन्नु हुन्छ । “एक घर एक धारा यो पाँच वर्ष भित्रमा पु¥याउने योजना थियो । त्यसमा केहि प्रतिशत बाँकी छ । त्यो आउँदो एक वर्ष भित्रमा सम्पन्न भइसक्ने छन् । प्रत्यक नगरपालिकामा सुविधा सम्मपन्न खेल मैदानहरु हुने छनु । कृषकहरुका लागि सिन्चाईको व्यवस्था गरी कृषिमा आत्म निर्भर बनाएर यस्वाहरुलाई विदेश पलाएन हनबाट रोक्ने छु । शिक्षामा प्रविधिको प्रयोग, स्वास्थ्यमा सर्वसाधारण जनतालाई सर्वशुलभ उपलब्ध गरि समृद्दिको यात्रामा काभ्रेली जनतालाई अग्रपंत्तिmमा उभ्याउने पहिलो प्रयास रहने छन् ।”
नेकपा (एमाले) को उम्मेदवार दिलीप लामालाई रोशी गाउँपालिका वडा नं. ११ भिम खुरीमा नै समस्या हुने देखिएको छ । त्यस वडामा रत्न ढकालको पक्षमा पन्चानब्बे प्रतिशत मत खस्ने नेपाली कांग्रेसको नेता शंख बुद्द लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, नेकपा (एमाल) को उम्मेदवार दिलिप लामाको भाई नविन लामा, वडा नं. २ भिमखुरीकै रवि लामा थिङ, लगाएतका दर्जानौ युवाहरुको दाबी रहेका छन् ।
वरिष्ठ पत्रकार धुर्व रायमाझी भन्नु हुन्छ । दिलिप लामा नेकपा (एमाले) को पुरानो नेता तथा इमानदार नेता हो । तर भुतले भात खाने बेलामा टिक दिएको छ । रोशीको ११ र १२ वडाको सबै भोट उहाँलाई मात्रै हालेपनि जित्ने सम्भावना देखेन । त्यसकारण यहाँका जनताले उहाँको लागि मत खेर फाल्ने पक्षमा देखिदैन ।
बाम लोकतान्त्रिक गठबन्धनकाृ साझा उम्मेदवार रत्न ढकालको पक्षमा जन लहर उर्लेको देखेर दिलिप लामा आत्ति सकेको नेपाली कांग्रेसको नेता शंखबुद्द लामाले सारा खबरको प्रतिनिधिसँगको संवादमा बताउनु भएको छ ।