सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डा.धवल शमशेर राणाको कार्यशैलीप्रति असन्तुष्ट विन्दु चर्ती मगरले परित्याग (राप्रपा)

नेपालगन्ज, निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेमा अर्को बबण्डर मच्चिएको छ। केन्द्रीय महामन्त्री एवम् बाँके क्षेत्र नं २ का उम्मेदवार धवल शमशेर राणाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै जिल्ला उपाध्यक्ष विन्दु चर्ती मगरले राजीनामा दिएकी छन्।


राप्रपाका एक नेताका अनुसार राणाले गालीगलौज र दुर्व्यवहार गर्दै चर्ती मगरलाई पार्टी छाड्न बाध्य बनाएका हुन्। चर्ती मगरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आजदेखि राप्रपाको साधारण सदस्य समेत नरहे नगरी राजीनामा दिएको जानकारी दिएकी छन्। उनले स्टाटसमा भने कसले र किन पार्टी छाड्न बाध्य बनायो भन्ने उल्लेख भने गरेकी छैनन्।


उनले लेखेकी छन्, ‘‘ जिल्ला उपाध्यक्षको पद इमानदारीका साथ सम्हाल्दै आएको थिएँ। तर आजदेखि साधारण सदस्य नरहने गरी यो पार्टी परित्याग गरेको घोषणा गर्दछु। पार्टी परित्याग गर्न बाध्य बनाइँदोरहेछ। हामीजस्तो इमानदार कार्यकर्ता केही व्यक्ति विशेषले गर्दा यो पार्टी छोड्न बाध्य हुँदोरहेछ। आजसम्म मलाई साथ र हौसला दिनुहुने मेरा आदरणीय नेता ज्यू तथा दिदीबहिनीहरूमा हार्दिक आभार प्रकट गर्दछु।’
करिब २० वर्षदेखि राप्रपामा आबद्ध चर्तीमगर अघिल्लो स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा उपमेयर उम्मेदवार थिइन्। राणाको निरंकुशता र अहंताका कारण अन्य नेता(कार्यकर्ताहरू पनि राप्रपा छाड्ने वा निष्क्रिय बस्ने मुडमा रहेको राप्रपा बाँकेका एक नेताले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »