सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन

चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिनुभयो ।

मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन मंसिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न आग्रह गर्नुभयो । कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला निर्वाचन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई आयोगबाट कारवाही र जरिवानाको निर्णय

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारवाही गरिएको छ । यस्तै आचारसंहिता उल्लंघनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको छ भने आचारसंहिता विपरीत भएका कार्यहरू रद्द गर्न विभिन्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको छ । कारवाही र निर्देशनसम्बन्धी निर्णयहरू यस प्रकार छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »