काभ्रे । बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार तिर्थ लामाले काभ्रेको चौरी देउरालीमा भएको सभामा एमालेसँग साडगाँड गर्ने कुनै पनि नेता तथा कार्यकर्ताहरुलाई छुट नहुने बताएको छ ।
चौरी देउरालीको वडा नं. ६ मा भएको सभालाई सम्बोधन गर्ने क्रममा काभ्रे क्षेत्र नं. १ मा सुर्यमान दोङ (लालध्वज) र प्रदेश सभा १ मा रत्न ढकाललाई जिताउनुको विकल्प नभएको तिर्थ लामाको दाबी रहेको छ। उहाँ भन्नुुहुन्छ : म आज यहाँ नेपाली कांग्रेसको नेता तथा कार्यकर्ताहरुलाई सम्झाउन, बुझाउन र निर्देशन दिनका लागि आएको हुँ । एमालेसँग साठगाठ गर्ने कुनै पनि नेता तथा कार्यकर्ताहरुलाई छुट छैन । हामीले जसरी पनि बाम लोकतान्त्रिक गठबन्धन दलको साझा उम्मेदवारहरु सुर्यमान दोङ (लालध्वज) र रत्न ढकाललाई जिताउनु छ । हाम्रो दायित्व हो । म यही भन्नका लागि आएको हुँ ।”