नेपालगन्ज , नेपाल शिवसेना बाँकेका अध्यक्ष सुभम गुप्ताले शिवसेना निरन्तर यस क्षेत्रका जनताका लागि निस्वार्थ भावनाले यहाँका मागका बिषयमा लड्दै आइरहेको बताएका छन । उनले विगत साल २०५२ देखि यस क्षेत्रका जनताको सेवामा तत्पर रहेको बताएका छन ।
अध्यक्ष गुप्ताले डुडुवा गाँउपालिका वडा नं। २ बेतहानी चोकमा आफ्ना अभिव्यक्ति दिदैँ भने, ‘२०५२ साल देखि शिवसेना यस क्षेत्रका लागि लड्दै आएको छ, चाहे हाम्रो नेतालाई जिताए पनि नजिताए पनि हामी अगाडी पनि तपाईहरुकै साथ दिईरह्ने छौं ।’
उनले भने, ‘हामी राजनिति गर्नका लागि यो अभियानमा आएको होइनौं, हामी देश बनाउनका लागि राजनितिमा आएका हौं ।’
अहिले बाँकेको शिवसेना बाँकेले क्षेत्र नं। २ बाट संघीय सांसदका उम्मेदवार दिवाकर शर्मा खनाल र प्रदेश सभा सदस्य उम्मेदवार राजकुमार रौनियारलाई चुनावी मैदानमा उतारेको छ ।
बाँकेले क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि हिन्दुवादी नेता खनाल र क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्यमा रौनियारलाई मैदानमा उतारेको हो । उनीहरु दुवै जना उम्मेदवार हिन्दुत्वको एजेण्डा बोकेर स्वतन्त्र रुपमा लडाई लडिरहेका छन ।