सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठुलो पर्सेल वडा नं. ६ को इन्चार्जमा सीजन लामा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टी काभ्रले २०७९ साल मंसिर ०४ गते हुने संघीय निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक मतले जिताउनका लागि पालिका र वडामा नेता कार्यकर्ताहरुलाई इन्चार्जको जिम्मेवारी दिएर सम्बनन्धीत निकायमा खटाउने निर्णय गरेको छ ।

काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलमा नेकपा (एकीकृत समाजवादी) पार्टी काभ्रेको जिल्ला सदस्य सिजन लामालाई इन्चार्जको जिम्मेवारी दिएको छ । तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेल नेकपा (एकीकृत समाजवादी) पार्टीको बलियो जनमत भएको वडा हो ।

युवा व्यवसायी तथा नेता सीजन लामा माधव कुमार नेपालले चलाएको केपी ओलीको कदम विरुद्ध चलाएको आन्दोलनमा सहभागी हुँदै समाजवादी क्रान्तिलाई स्थापित गराउन निरन्तर लागेको नेता हो ।

कार्तिक २९ गते बनेपामा नेकपा (एकीकृत समाजवादी) पार्टीको अध्यक्ष बसुन्धारा हुमागाईको अध्यक्षतामा बसेको बैठकबाट युवा नेता सीजन लामालाई ठुलो पर्सेल वडा नं. ६ को इन्चार्जको जिम्मेवारीका साथ बाम लोक तान्त्रिक गठबन्धनलाई जिताउन निदैशन दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »