काठमाडौं । राज्यले आम नागरिकको संवेदनशिलताको कति पनि ख्याल गरिरहेको छैन भन्ने कुराको बिस्तारै हुँदै गईरहेको छ ।
२०५७ साल मै जनयुद्ध कालमा सहादत भएर राज्यले सहिदको सुचिमा राखि सकेको ब्यक्ति को नाममा २०६३ सालमा मुद्धा दर्ता हुनु, २०७९ सालमा उसलाई गिरफ्तार गर्न घरमा पुग्नु ले राज्य संयन्त्र भित्र रहेका सरकार र प्रशाासन बिचमा सहकार्य छैन भन्ने प्रष्ट देखिन्छ ।
यो बिषयलाई लिएर केशव राज रिमाल का भाई नविन रिमालले सामाजिक संजाल मार्फत आक्रोश ब्यक्त गरेका छन् ।
उनले आफ्नो सामाजिक संजालमा यसो भनेका छन् ।
सहिदलाई गिरफ्तार गर्न कुन अदालतको आदेश लिएर पुलिस पुग्यो आज हाम्रो घर म गाडीबाट झरेको मात्र थिएँ, आमाको फोन आयो कान्छा अहिले पुलिस आएका थिए, समाउन आएका रे, किन हो भन्ने चाहिँ केही भनेनन् । माथिको आदेश छ, लिन आएका मात्र भने । उहाँ चिन्तित र आश्चर्यचकित हुनुहुन्थ्यो । मलाई पनि आश्चर्य लाग्यो, सायद उनीहरूलाई भ्रम पर्यो होला ।
चरिकोटका डिएसपीलाई फोन गरेँ( म चरिकोटमै छु, मलाई किन लिन पुलिस पठाएको होला ? म त्यही आउन सक्छु, कुरा के हो ? उनले यस्तो कुरामा चौकी ईञ्चार्जलाई सोध्न भने र मोवाईल नं. दिए । मैना पोखरी चौकी ईञ्चार्जले आफुलाई थाहा नभएकोले आधा घण्टा भित्र बुझेर जानकारी दिने बताए । समयमै उनले गरे ‘केशब राज रिमाल ‘ तपाई को पर्छ ?
मैले उहाँ आफ्नो ठुलो दाइ भएको बताएँ र सोधेँ, किन ? उनले भने उहालाई समाएर हाजिर गराउनु भन्ने अदालतको आदेश छ । मैले बुझेँ र भनेँ ठिक छ, समाएर अदालतमा बुझाउनु अघि हामीलाई बुझाउनुस् उनी अक्मकिदै भने ञउहालाई विष्फोटक पदार्थ ओसारपसारको मुद्दा छ । मैले भनेँ, उहाँ स्वयम् विष्फोटक पदार्थ हो । उहाको सहादत भएको २०५७ सालमा । मुद्दा परेको कहिले ? उनेले भने २०६३ जेठ २८ गतेको जाहेरी रहेछ, र यस्ता धेरै मुद्दाहरू छन् ।
यहीबाट बुझिन्छ राज्य कसरी गिजोलिएको छ सायद प्रकाश दाहाललाई पनि द्वनद्वकालिन मुद्दा होलान्, यदि प्रकाशको गिरफ्तारीको लागि प्रहरी त्यसैगरी केरकार गर्दै गाउँमा खटिन्थ्यो र सिता माता गाउमा एक्लै हुन्थिन् भने के हुन्थ्यो होला ? हेर्दा सामान्य, तर यो बहुलट्ठी राज्यको पागलपन कहिलेसम्म ?
यो बिषयमा नविन रिमालले दोलखाका पत्रकारहरु माथि आक्रोशित भएर आफ्नो सामाजिक संजाल फेसबुकमा पोष्ट समेत गरेका थिए ।
सामाजिक संजालमा यस्तो लेखे पछि पत्रकार महासंघ दोलखाका अध्यक्ष संग केहि भनाभन भएको भन्दै फरी नविनले आफ्नो फेसबुकमा यस्तो पोष्ट गरेका छन् ।
”मलाई अपशब्द दिने पत्रकार महासङ्घ, दोलखाको अध्यक्ष हुन् कि ब्यक्ति ?”
” हिंजो बेलुकी करिब ६ बजे मेरो घरमा फेरि पुलिसको टोली आयो । त्यो टोली र म बिच संवेदनशील संवाद भैरहेको थियो । त्यसै बिचमा पत्रकार महासङ्घ, दोलखाका अध्यक्षको फोन आयो, यद्यपि नाताले उनी मेरो दाजु पर्छन्, उनले सुरूमै अपशब्द प्रयोग गरि गाली गर्न थाले , मैले दोलखाको पत्रकारितामाथि प्रश्न उठाएकोमा उनको आक्रोश थियो । हुन त मैले उनको पत्रकारिता माथि प्रश्न उठाएको हैन, यदि त्यसो हुन्थ्यो भने त झनै चौपट हुन्थ्यो , जे होस्, दोलखाको पत्रकारितामाथि मैले उठाएको प्रश्न सही छ र त्यो उनैले पुष्टि गर्दैछन् भन्नेमा म दृढ छु । यद्यपि, पत्रकार महासङ्घ, दोलखालाई यसको खण्डन गर्नु छ भने संस्थागत बक्तब्य या कानुनी उपचारबाट गर्न मेरो सुझाव छ । हैन, अध्यक्ष नाताले दाइ परेको कुराको नाजायज फाईदा लिनकै लागि त्यसखाले शैली प्रयोग गरेका हुन् भने म प्रेमपूर्वक भुल्दै उनलाई सामन्तवादी मनोविज्ञान त्याग्न सुझाव दिन्छु ।
जहासम्म प्रहरीको कुरा छ यो गम्भीर विषय भएकोले प्रधानमन्त्रीको कार्यालयले जवाफ दिनु पर्छ र संवेदनशीलताको गफ दिने गृहमन्त्रीले कि त यसखाले धरपकडलाई जायज पुष्टि गर्नुपर्छ या त आईन्दा द्वन्द्वकालिन मुद्दाको नाममा जनयोद्धा र सहिदहरूलाई गिरफ्तार गर्ने पागल अभियान रोक्ने वचन सहित दोलखा प्रहरीको यसखाले हर्कत प्रति माफि माग्नु पर्छ । अन्यथा गृहमन्त्रीको राजिनामा माग्दै आमरण अनशनसम्मको बाटो रोज्न हामी वाध्य हुनेछौं ।
हामीले राज्यको चौथो अङ्ग मानेको पत्रकारिता र प्रहरी प्रशासन, दोलखाले निराश बनाएको यो स्थितिमा आमासहित हामी आजै जवाफ माग्न काठमाडौं जाँदैछौं ।
जहासम्म राजद्रोहको कुरा छ निस्सन्देह हामी राजद्रोही थियौ, र त्यसमा गर्व गर्छौं । तर हामी जनयोद्धाहरूले त्यो राज्यसँग द्रोहमात्र हैन, विद्रोह नै गरेर यो राज्य ल्याएका हौं । तर अहिले यो राज्य त्यो राज्यको हल्कारा बनेर सहिद र जुन कुनै जनयोद्धाको घरघरमा धरपकड गरि मुद्दा चलाउन थाल्यो यो रोकिन्न भने, हामी प्रधानमन्त्रीलाई सोध्न चाहन्छौ । यो कुन राज्य हो ? आशा छ यो हामीले लडेरै ल्याएको राज्य होस् ।”