नेपालगञ्ज, बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि मंगलबार चर्चित गायक पशुपति शर्मा र कमल खत्री सहितका कलाकार आउने भएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंगलबार राष्ट्रिय ख्याती प्राप्त गायक पशुपति शर्मा, गायक कमल खत्री र डान्सर एवं अञ्जली अधिकारी आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।
उनका अनुसार मंगलबार उद्धघोषक सञ्जय देवकोटा र उद्धोषिका प्ररणा गिरीले कार्यक्रम संचालन गर्ने कार्यक्रम तय भएको महोत्सव परिसर स्थित सचिवालयले जनाएको छ ।
यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ ।
दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिनसक्ने छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव माघ २८ गते सम्म संचालन रह्नेछ । यस अघि आयोजकले माघ २४ गते सम्म जानकारी गराए पनि ४ दिन थपेको छ ।