नेपालगन्ज, जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा ९फुलपुरवामा० सोमवार आगलागी भएको छ । बाकेको जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा ९फुलपुरवामा० सोमवार आगलागी भएको छ । आगलागी सोमवार राती १२ बजे भएको थियो ।
आगलागीबाट गरिवपुरवा ९फुलपुरवा०को एक घरमा पूर्णरुपमा क्षती पुगेको छ । साथै एकवटा खसी , २ वटा पानी तान्ने होन्डा पम्पसेट मेशिन , खाना पकाउने स्टोप ,अरहर १ क्वीन्टल ,धन ६ क्वीन्टल ,मसुरो ५ लम्वर ,मटर १० लम्वर ,तोरी ५ लम्वर ,८ हजार नगद आगलागीबाट नस्ट भएको छ ।
सोमवार आगो लागेको जानकारी पाएपछी पुगेका अध्यक्ष छब्बन खाँ ,उपाध्यक्ष रामप्यारी यादव , विपद व्यवस्थापन समितीका सम्योजक राजेन्द्र सिँहले पिडित परिवारलाई २५ केजीको चामल २ बोरी, अरहरको दाल ५ केजी, २ प्याकेट नुन, तेल ५ लिटर, आलु १० केजी, बेसार, खुर्सानी भुजा १ प्याकेट र चिनी १ केजी १५ दिनलाई पुग्ने गरी राहत वितरण गरेका थिए ।
राहत प्रदान गर्न पुगेका गाउँपालिका अध्यक्ष खाँले विपदमा परेका जनतालाई गाउँपालिकाको अध्यक्षको हैसियतले गाउँपालिकाबाट गर्नुपर्ने सहयोगमा कुनैपनि कसर बाँकी नराख्ने बताए । उनले विभिन्न सँघसस्थाले पनि यस्तो विपद परेको बखतमा पालिकासँग समन्वय गरि सबैले आ आफने तर्फबाट सहयोग गर्नुपर्ने समेत आफनो धारणा व्यक्त गरे ।
त्यसैगरेर विपद व्यवस्थापन समितीका सम्योजक राजेन्द्र सिँहले हाललाई पिडितलाई घर मर्मत गर्नको लागी बन कार्यलयसँग काठको लागी समन्वय भैराखेको र उपलब्ध समेत गराउने बताए ।
प्रहरी मुचुल्का अनुशार १ लाख ८० हजार क्षती भएको वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र वाजपेयीले जानकारी दिए ।
घटनास्थलमा उपाध्यक्ष रामप्यारी यादव, गाउँपालिका अध्यक्षका परामर्षदाता शोहराव दर्जी,उपाध्यक्षका स्वकिय सचिव शिवा यादव,लगायतको उपस्थिती रहेको थियो। राहत वितरणमा मिलाप सँस्थाले सहजिकरण गरेको थियो ।