राजन तिमल्सिना
साइबेरियाममाकमरेड लेनिनले पार्टी निर्माणको काम पूरा गर्न एकातिर “कानुनी मार्क्सवादी” र अर्कोतिर अर्थवादीका विरुद्ध निर्मम संघर्ष गर्नु पर्यो । “कानुनी मार्क्सवादी”हरु एकप्रकारका फेसनवाला मार्क्सवादीहरु थिए । उनीहरूले कानुनी पत्रपत्रिकामा लेखहरु लेख्ने बाहेक अरु कुनै संघर्षसम्बन्धि कार्य गर्दैनथे । अर्थवादीहरुले मजदुरहरु राजनीतिक संघर्ष वा पार्टीका पछाडि लाग्न हुन्न, उनीहरूले आर्थिक मागहरूकालागि मात्रै संघर्ष वा पार्टी पछाडि लाग्नु हुन्न, उनीहरूले आर्थिक मागका लागि मात्र संघर्ष गर्नु पर्दछ । राजनीति उदारवादी पूँजीपतिहरुको काम हो भन्दथे र पार्टी निर्णयको पूरा विरोध गर्दथे त्यो अवस्थामा रुसमा पार्टी निर्णयको लागि अर्थवादीहरुको विरुद्ध संघर्ष निर्णयात्मक महत्त्वको कुरा बन्न गयो । लेनिनले साइबेरियामा हुदा त्यो सम्मेलनले एउटा अर्थवादीहरुको आलोचना गरेर निर्वासित जीवन विताइरहेका राजनीतिक कार्यकर्ताहरुको सम्मेलन गरे । त्यो सम्मेलनले एउटा दस्तावेज पारित गर्यो जसलाई देशका विभिन्न भागहरुमा पूर्याइयो ।
निर्वासनबाट फर्के पछि लेनिनले “के गर्ने ?” नामक पुस्तक लेखेर अर्थवादीहरुका विरुद्ध कडा सैद्धान्तिक संघर्ष चलाए । त्यो पुस्तकमा उनेले अर्थवादलाई मजदुर आन्दोलनमा पूँजीपतिवर्गको असरको परिणाम बताए र त्यो स्पष्ट गरे की त्यसको परिणामस्वरूप मजदुर आन्दोलन पछाडि पर्नेछ र राजनैतिक प्रकारले पूँजीपतिवर्गको पिछलग्गु बन्ने छ । अर्थवाद स्वयं स्फूर्त आन्दोलनमा जोड दिन्थ्यो र मजदुरहरुलाई क्रान्तिकारी सिद्धान्त, राजनीति र पार्टीको नेतृत्वबाट अलग पारेर पूँजीपतीवर्गको सेवा गर्दथ्यो ।
सन्र १९०३ मा रूसी सामाजिक प्रजातन्त्रवादी पार्टीको द्वितीय महाधिवेशन फ्रान्समा भयो । पार्टीको प्रथम महाधिवेशन भूमिगत प्रकारले रूसमै भएको थियोे र महाधिवेशनमा निर्वाचित पूरै केन्द्रीय समिति गिरफ्तार भएको थियोे । त्यसको परिणामस्वरुप रूसमा कुनै केन्द्रीय पार्टीको निर्णय हुन सकेन र देशका विभिन्न भागहरुमा स-साना सामाजिक प्रजातन्त्रवादअं मण्डलहरु मात्रै थिए । दोश्रो महाधिवेशनमा केन्द्रीय पार्टी निर्माणको लागि प्रयत्न गरियो । त्यो महाधिवेशनमा पारित अधिक्तम कार्यक्रममा समाजवादी क्रान्ति, पूँजीवादी सत्ताको अन्त, जनवादी प्रजातन्त्र, ८ घण्टे कार्यदिन, भूदास प्रथाको अन्त आदि थिए । तिब्र मतभेद र छलफलपछि त्यो कार्यक्रम स्वीकृत भयो । सन् १९१७ को समाजवादी क्रान्तिसम्म मूल रूपमा त्यही कार्यक्रम कायम रह्यो ।
दोस्रो महाधिवेशनमा पारित अधिक्तम कार्यक्रममा समाजवादी क्रान्ति, पूँजीवादी सत्ताको अन्त, जनवादी प्रजातन्त्र, ८ घण्टे कार्यदिन, भूदास प्रथाको अन्त आदि थिए । तिब्र मतभेद र छलफलपछि त्यो कार्यक्रम स्वीकृत भयो । महाधिवेशनमा संगठनात्मक नियमहरुबारे तीब्र मतभेद भयो । पार्टी सदस्य को हुन सक्छ ? लेनिनले पार्टीको कार्यक्रमलाई समर्थन गर्ने, आर्थिक सहयोग गर्ने र पार्टीको कुनै पनि संगठनमा बस्ने नै सदस्य हुन सक्छ भन्ने प्रस्ताव राखे । प्लाखानोभले पनि त्यसलाई समर्थन गरे । मार्तोभले संगठनमा बस्नु पर्ने अनिवार्य गराउन हुन्न भने, ट्राटस्की पनि त्यही पक्षमा थिए । त्यो मतभेदमा शुरुमा लेनिनवादीहरु अल्पमतमा थिए । पछि कतिपय प्रश्नमा भएर ७ जना प्रतिनिधिहरुले महाधिवेशन बहिस्कार गरेपछि लेनिनवादीहरुको बहुमत भयो र लेनिनद्वारा प्रस्तुत संगठनात्मक नियम सम्बन्धि प्रस्ताव स्वीकृत भयो । लेनिनको पक्षमा बहुमत भएकाले उनीहरूलाई “बोल्सेभिक” र मार्तोभको पक्षमा अल्पमत भएकाले उनीहरूलाई “मेन्सेविक” भनियो । इस्क्राको सम्पादक मण्डलमा पनि लेनिनको बहुमत भयो । अल्पमतमा परेकाले मार्तोभले त्यसलाई छाडे ।
मेन्सेविकहरुले महाधिवेशनपछि लेनिनका विरुद्ध अभियान चलाए । उनीहरूले लेनिनको मिलिटेन्ट पार्टी बहुमतको मातहतमा अल्पमत र केन्द्रीय समितिका मातहत पुरै पार्टी हुनुपर्ने नीतिलाई नोकरशाही, यान्त्रिक दमन, पार्टीभित्र भूदास प्रथा आदि भनेर आलोचना गरे । त्यसप्रकारको विरोधको आलोचना गर्दै लेनिनले “एक कदम अगाडि दुई कदम पछाडि” नामक पुस्तक लेखे । त्यसमा उनलेे मार्क्सवादी-लेनिनवादी पार्टीका आधारभूत संगठनात्मक सिद्धान्तहरुको प्रतिपादन गरे ।
“एक कदम अगाडि दुई कदम पछाडि” पुस्तकमा लेनिनले के स्पष्ट गर्नु भयो भने पार्टी मजदुर वर्गको अग्रगामी संगठित उच्च दस्ता हो । पार्टीमा आम मजदुर होइन, मजदुर वर्गको सवभन्दा सचेत तत्वहरु हुन्छन् । उनीहरूलाई सिद्धान्त र वर्गसंघर्षका इतिहासको विकासको भौतिकवादी नियमहरुको बढी ज्ञान हुन्छ र त्यसकारण उनीहरू नेतृत्व गर्न बढी समर्थ हुन्छन् । मजदुर वर्गको प्रत्येक अंश, पार्टी हुन्न र पार्टी तथा आम मजदुरहरुलाई एकै ठान्नु हुन्न, पूँजीवादी समाजमा सम्पूर्ण मजदुरहरुको चेतनास्तर पार्टीको स्तरसम्म माथि उठ्दैन ।पार्टीभित्र कडा अनुशासन नभए पार्टी भिडमात्र हुन्छ । अनुशासनद्वारा नै संयुक्त इच्छाहरु तथा “कार्यको एकता” बढ्छ । पार्टी मजदुर वर्गको अग्रिम दस्ता भएपनि मेहनतकश जनतासामु त्यसको घनिष्ठ र जीवित सम्बन्ध भएर मात्र त्यसले क्रान्तिकारी भूमिका खेल्न सक्छ । पार्टी अनुशासन जनवादी केन्द्रीयतामा आधारित हुनु पर्दछ र पार्टी नेता तथा आम सदस्य सबैले त्यसप्रकारको अनुशासनको पालना गर्नु पर्दछ ।