सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके कारागारमा कैदी बानियाँ झुन्डिएको अवस्थामा भेटिए


नेपालगन्ज, नेपालगन्जस्थित बाँके कारागारमा एक जना कैदी शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार डाँका चोरी मुद्दामा अदालतद्वारा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएपछि सजाय भोग्दै आएका बाँके जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता भन्ने नीरजकुमार बानियाँ बिहीबार बिहान कारागारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उहाँले जिल्ला अदालतले गत चैत २२ गते उनलाई सजाय सुनाए पनि फरार रहेकोमा प्रहरीले यही असार ५ गते पक्राउ गरेर कारागार पठाएको बताउनुभयो ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे चार बजे शौचालय गएका बानिया धेरै बेरसम्म बाहिर ननिस्किएपछि ढोका फोडेर हेर्दा उनी तन्नाको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
प्रहरी प्रवक्ता डिएसपी डाँगीले मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको जनाउँदै सो घटना बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »