काठमाडौं । फेसियल हाउसकी संचालक तथा ब्युटिसियन संघकी आजिवन सदस्य शुस्मा महरा लाई सरकारी कर्मचारी बन्दना कर्ण ले पदिय दुरुपयोग गरि दुःख दिएको भन्दै ब्यूटिसियन ब्यवसायी संघ ले नेपाल सरकारको ध्यानाकर्शण गराएको छ ।
ध्यानाकर्शण पत्रमा यस्तो लेखिएको छ ।
यस संघमा आजिवन सदस्यको रुपमा आवद्ध रहनु भएका फेसियल हाउस प्रा. लि. का संचालक सुष्मा महराज्यूलाई विगत केही दिन पहिला निजको काठमाडौंको के. एल. टावर स्थित रहेको फेसीयल हाउसमा सेवा लिन भनी आएका नेपाल सरकार, गृह मन्त्रालय, अध्यागमन विभागमा कार्यरत रहेको बन्दना कर्णले फेसीयल हायसमा खुला रुपमा राखिएको सि. सि.टि. भि. को हवाला दिई उक्त सि.सि.टि.भि.ले निजको व्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी बृत, गौशलामा उजुरी दिएकोमा प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भै उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको देखिएकोले मिति २०८०।०३।२८ मा निज बन्दना कर्ण कै सहमतीमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसि लिखित सहमती भैसकेकोमा पछि सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउने गरि झुठा रुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झूठा प्रचारप्रसार गरि आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसार, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफुले नै सहमती गरेको बिषयमा हाम्रो यस संघका आजिवन सदस्य सुष्मा महराज्यूलाई पुनः झुठा मुद्दा लगाई प्रहरी मार्फत तत्कालै प्रक्राउ गरि गैर कानूनी रुपमा थुनामा राख्नका लागि जोडवल गरि आएको कुरा थाहा जानकारी हुन आएकोले यस गैरकानूनी कार्य प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नियमानुसारको प्रकृया पुरा गरि कानून बमोजिम ब्यूटीसियन ब्यवसाय संचालन गरि आएका हाम्रो आजिवन सदस्य सृष्मा महरालाई सुनियोजित रुपमा दुख हैरानी दिई निजको पेशा व्यवसाय संचालन नै बन्द गराउनका लागि राज्य शक्तिको चरम दुरुपयोग गरि निज बन्दना कर्णले गरेको यस्तो गैरकानूनी कृयाकलापलाई अविलम्ब रोकी कानून हातमा लिने निज बन्दना कर्णलाई तत्कालै निलम्वन गरि निजलाई पदिय आचरणको दुरुपयोगको कार्यमा कानून बमोजिमको हदै सम्मको कारवाही गर्न तथा हाम्रो यस संघमा आवद्द रहनु भएका सदस्यहरुलाई सहज रुपमा सम्मानपूर्वक पेशा ब्यवसाय संचालन गर्न आवश्यक वातावरण बनाईदिनुहुन सम्वन्धीत सरोकारवाला पक्षहरुसमक्ष यस संघ जोडदार माग गर्दछ ।