नेपालगञ्ज, जनता समाजवादी पार्टीकि केन्द्रिय सदस्य बेबि तबससुम अन्सारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय नेपाल राष्ट्रिय आयोग सिंहदरवार, काठमाडौंले युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनयन गरेको छ ।
अन्सारीलाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको विधान, २०३१ (संशोधन सहित) को परिच्छेद २ को दफा ३ उपदफा (२) र (३) बमोजिम आयोगको सदस्यमा मिति २०८०/०३/०८ को माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको अध्यक्षज्यूको निर्णयबाट तपाईलाई ४ (चार) बर्षका लागि मनोनयन गरिएको व्यहोरा उक्त पत्रमा उल्लेख छ ।
मन्त्रालयले अन्सारीको अनुभव, योग्यता र विशेषज्ञताले यस आयोगले प्राज्ञिक सहयोग प्राप्त गर्नेछ भन्ने आशा एवं विश्वास लिइएको व्यक्त गर्दै । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनयन गर्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।