काठमाडौं । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको विरोध प्रदर्शन गरेको छ ।
संघका सदस्य सुष्मा महरामाथि गरेको दुर्व्यवहारलाई लिएर गृह मन्त्रालय पुग्दा पनि गुनासो सम्बोधन नभएको भन्दै व्यवसायीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
कर्मचारीले दादागिरी देखाउँदै धाकधम्की दिएको देख्दादेख्दै पनि मन्त्रालयले कारबाही नगर्नु झनै दुःखद् भएको संघकी अध्यक्ष भगवती खड्काले बताइन् ।
महराले चाबहिलस्थि केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको भन्दै सोमवार पत्रकार सम्मेलन गरेको थियो ।