सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघको सचिवालय उद्घाटन


नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौं २ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघले सचिवालय सञ्चालनमा ल्याएको छ । उक्त सचिवालयको प्रमुख अतिथी एवम् नेपाल उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रीय सदस्य अच्युत प्रसाईले उद्घाटन गरे ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योग वाणिज्य संघलाई हाँक्न ब्यवसायी ललित कुमार रौनियारको टिम मात्र सक्षम रहेको बताए । रौनियार सहित प्रतिस्पर्धामा उत्रिएका सबैलाई उनले अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरे ।
सो क्रममा अध्यक्ष पदका प्रत्यासी रौनियारले समग्र उद्योगी, ब्यवसायीका मुद्दा, समस्या र सवाललाई बोकेर आफुहरु चुनावी मैदानमा उत्रिएको बताए । आफुहरु निर्वाचित भएपछि उद्योगी, ब्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी लगायतले बोलेका थिए । उक्त कार्यक्रममा प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघका उपाध्यक्ष ध्रुब दाहालले स्वागत गरेका थिए ।
सो क्रममा लुम्बिनी प्रदेशका निर्वतमान वनमन्त्री सुरेन्द्रबहादुर हमाल, निर्वतमान प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, नेपाली काँगे्रस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, उद्योगी, ब्यवसायीको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »