नेपालगन्ज , नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित जेष्ठ नागरिकको निर्माणाधिन भवन परिसरमा बृक्षारोपन गरिएको छ । ४१ औं विपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ ले उक्त बृक्षारोपन गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आफ्नै वडामा जेष्ठ नागरिकका लागि भवन निर्माण गर्दैछ । उक्त वडाका वडा अध्यक्ष तरुण बज्राचार्यको अग्रसरतामा उक्त भवन बन्न लागेको हो ।
बृक्षारोपनका क्रममा लुम्बिनी प्रदेशका निर्वतमान वनमन्त्री सुरेन्द्रबहादुर हमाल, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, उच्च अदालत नेपालगन्ज बारका अध्यक्ष चित्र बहादुर शाही, क्षेत्रीय कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
क्षेत्रीय कार्यसमितिले सोमबार पनि बागेश्वरी पार्कमा बृक्षारोपन गरेको थियो । क्षेत्रीय सभापति गुप्ताले बृक्षारोपनमा सहभागिता जनाउने सबैलाई धन्यवाद दिएका छन् ।