काठमाडौं । संचारकर्मी तथा खोज मिडियाका सन्चालक गणेश बज्र लामाको शब्द संयोजन रहेको “ भेट कहिले हाम्रो ” बोलको गीत सार्वजानिक भएको छ ।
प्रकाश तामाङ तितुङ र तारादेवी खड्का लामाको स्वर रहेको यो गीतमा एरेन्ज जोगलाल लामा,रेकर्ड सुरज तितुङ,मिकिसङ अपर्ण थिङ,सम्पादन सुरज कोईराला ,छायांकन देवदोर्जे लामा र सबिन शेर्पाको रहेको छ ।
सरगस स्टुडीयो बौद्धमा रेकर्ड गरिएको यो गीतको अडियो भिडियो खोज मिडियाको लगानीमा तयार भएको हो ।
मिडिया लगायत बिभिन्न क्षेत्रमा सकृय गणेश बज्र लामाले बजारमा ल्याएको यो गीतले तामाङहरु तामाङ गीत संगीतबाट माथि उठेर नेपाली भाषलाई पनि माया गर्ने पक्षमा देखिएको छ ।