सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिन नम्बर प्याकेजमा पुल निमार्णको कार्य तिब्र गतीमा,बदनाम गर्न गलत प्रचार गरियो: निर्माण व्यवसायी

रौतहट/रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर –८ स्थित रेल्वे ट्रयाकवेडमा निमार्णधिन पुल एकदमै गुणस्तरीय रहेको स्थानियहरुले जानकारी दिएका छन् ।

बर्षाको मौसममा निर्माण कार्य सहज नभएको हुदा पुल निमार्णको कामलाई केहि समयलाई स्थगित गरि साईडका अन्य कार्यहरु भैरहेको थियो । हाल आएर केहि दिन यता सो पुलको निमार्णकार्य तिब्र गतिमा भैरहेको रौताहट हिम्डुङ्ग एण्ड थोकर कन्काईजेभिका ठेकेदार शिवहरी घिमिरेले जानकारी दिएका छन् ।

साथै निमार्ण कार्य भैरहेको साईडका सम्बन्धित रेल्बेका सरकारी सुपरभाईजर प्राविधिक श्याम श्रेष्ठले बताएका छन् । सो ट्रयाकबेडमा केही महिना अगाडि ९७ मिटर लम्बाई साढे ११ मिटर चौडाइ, ५ मिटर उचाइको सो आरयुबी ( पुल ) को पिसिसी, रयाप, डन्डीको काम सम्पन्न गरिएको ठेकेदार घिमिरेले जानकारी दिएका छन् ।

रौतहटको सो स्थानको तिन नम्बर प्याकेजमा एकदमै गुणस्तरीय निमार्ण कार्य भैरहेको ईन्जिनियर श्रेष्ठले जानकारी दिएका छन् । यसको जल्दो बल्दो उदाहरणको लागि सोही ट्रयाकवेड निमार्णको प्याकेज नम्बर चार को गौर सडक खण्ड देखि चादिँ नदी सम्म छुने ट्रयाकवेड गुणस्तरहिन छ भनी पटक–पटक समाचार आईरहदा रेल्वे बिभागले सो स्थानमा तत्कालै परिक्षण गर्दा ट्रयाकवेडको कमप्याक्सन रिपोर्ट मापदण्ड भन्दापनि गुणस्तरीय पाईएको थियो ।

यसरी गुणस्तरीय काममा आरोप झुटा प्रचारप्रसार गर्दा निमार्ण सम्बद्ध सरकारी निकाय र निमार्ण व्यवसायिलाई विकास निमार्णकार्यमा बाधा पुग्नजाने निमार्ण व्यवसायीहरु बताउछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »